दुई महिला सहित २९ जनाद्वारा रक्तदान

साझेदारी दैनिक
325 पाठक संख्या

वीरगन्ज : उपकार सेवा नेपालले राउन्ड टेबल नेपाल र श्री बलिरामपुर युवा क्लबको सहयोगमा रक्तदान कार्यक्रम गरेको छ।

वीरगञ्जको राणिसती मन्दिर धर्मशालामा शनिबार भएको उक्त कार्यक्रममा २ महिला सहित २९ जनाले रक्तदान गरेका छन्। रक्तदान गर्नेहरुमा मुस्कान माहेश्वरी,कामना पौडेल रहेका छन्।

रक्तदान गर्नेमा आयुश गुप्ता,रोजन सिलवाल,रमेश साबु,दिपेन्द्र कुमार महरा ,बिक्रम राम,अमन तामकाल रहेका छन्। उक्त कार्यक्रममा नितिन अग्रवाल,देव कुमार महरा,राहुल महतो,मुरारी राम,अमित कुमार केवट,अबिनाश गुप्ता,श्याम नारायण साह,उदय साह,हरि ओम चौहान लगायतका रक्तदाताहरुले रक्तदान गरेका हुन्।

उपकार सेवा नेपालका अध्यक्ष बिध्या देवि सरावगी,राउन्ड टेबल नेपाल ३ का अध्यक्ष आयुश गुप्ता र श्री बलिरामपुर युवा क्लबका अध्यक्ष शिवम गुप्ताको संयुक्त अध्यक्षतामा सो कार्यक्रम भएको हो।

वीरगन्ज महानगरका संस्थापक मेयर विजय सरावगीको प्रमुख आतिथ्यमा सो कार्यक्रम सम्पन्न भएको हो । सो कार्यक्रममा प्रमुख अतिथी सरावगिले प्रथम रक्तदाता आयुश गुप्तालाइ ब्लड संकलन ब्याग हस्तान्तरण गरि कार्यक्रमको उद्घाटन गरेका थिए।

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी पर्साका सभापती बृजकिशोर पटेल,मन्त्री बिनोद गिरी,सामाजिक अभियन्ताहरु प्रकाश थारु,राजेन्द्र भट्टराई,वीरगञ्ज कपडा बैंकका अध्यक्ष लालबाबु सिंह,सौरभ पोद्धार,आयुश अग्रवाल लगायतको उपस्थिति रहेको थियो ।

सो अवसरमा प्रमुख अतिथी सरावगीले रक्तदान जीवन दान भएको बताए। उपकार सेवा नेपालका अध्यक्ष विध्या देवि सरावगीले रक्तदान नै जिवनदान भएकोले र अहिलेको समयमा वीरगन्ज आसपासको क्षेत्रमा रगतको अभाव भैरहेकोले रक्तदान कार्यक्रमको आयोजना गरेको जानकारी गराइन्।

रक्तसञ्चार केन्द्र वीरगन्जका प्राविधिक सौरभ राज पाण्डेको नेतृत्वमा रामबिनय यादव,आलोक यादव,मनिश गुप्ता,विवेक यादव लागायतको स्वयंसेवक टोलिले रक्तदान कार्यक्रममा रक्तदाताहरुलाइ सघाएका थिए।

Leave a review