सांसद सोनलले गरे बिद्यालय भवनको शिलान्यास

साझेदारी दैनिक
316 पाठक संख्या

कलैया : बाराको प्रसौनी गाउँपालिका वडा नम्बर ५ प्रस्टोका स्थित श्री नेपाल राष्ट्रिय माध्यमिक बिद्यालयमा चार कोठो भवनको सोमबार शिलान्यास गरिएको छ।

लोसपा मधेस प्रदेश अध्यक्ष एवम् प्रदेश सभा सदस्य जितेन्द्र सोनलले बैदिक मन्त्र बीच उक्त बिद्यालय भवनको शिलान्याश गरेका हुन ।

उक्त अवसरमा प्रसौनी गाउँपालिकाका निवर्तमान अध्यक्ष भोला गुप्ता,निवर्तमान उपाध्यक्ष गिता देवी साह,लोसपा युवा नेता प्रमोद साह,रामजतन सहनी,नवल साह,जयप्रकाश दास,रमेश साह, बिरेन्द्र साह,दिलिप साह,सोनु कुमार साह,लालबाबु साह,बिद्यालयका प्रधानाध्यापक नग नारायाण साह,स्थानीय भद्रभलादमी लगायतको उपस्थिती रहेको थियो ।

Leave a review

This will close in 0 seconds