वातावरण दिवसको अवसरमा भयो व्यापक सरसफाइ एवं जनचेतना मुलक कार्यक्रम

साझेदारी दैनिक
497 पाठक संख्या

वीरगञ्ज : वातावरण दिवस २०८२ को अवसरमा आयोजित पाँच दिने कार्यक्रम अन्तर्गत दोस्रो दिन सोमबार घरदैलो,ब्यापक सरसफाइ एवं जनचेतनामुलक कार्यक्रम भएको छ।

प्रकृति सेवा प्रतिष्ठान,नेपालले श्री शारदा माध्यमिक विधालयको सहकार्यमा गरेकोे सरसफाइ एवम् जनचेतना कार्यक्रम प्रतिष्ठान नेपालका संस्थापक अध्यक्ष सरदार जसपाल सिंहको नेतृत्वमा भएको हो।

उक्त अवसरमा श्री शारदा विद्यालयका प्रधानाध्यापक अनिल वर्णवाल,समाजसेवी भगवान श्रेष्ठ,प्रतिष्ठानका सहसचिव अभिनाश झा,सदस्य भोला प्रसाद,केदार गुप्ता,साबिर अंसारीको विशेष सहभागिता रहेको थियो।

कार्यक्रममा शिक्षक एवं कक्षा ९ र १० का विद्यार्थीहरुको उपस्थिति रहेको हो। विद्यालयका प्रधानाध्यापक बर्णवालले प्रकृति बिना पृथ्वी एवं मानव जीवनको कल्पना पनि गर्न नसकिने जनाए। उनले आसपासको क्षेत्रलाई आफैले सफा सुग्घर बनाउन आवश्यक रहेको जनाए। प्रकृति को सम्मान गर्न सिक्यौ भने स्वस्थ्य रहन सक्ने उनले जनाए।

वातावरणको संरक्षण सम्वद्र्धन गर्नमा जोड दिदै प्रकृति नै जीवन रहेको अभिव्यक्ति दिए। आयोजक संस्थाका संस्थापक अध्यक्ष सिंहले यस वर्षको कार्यक्रम श्री शारदा माध्यमिक विधालयको सहकार्यमा जेष्ठ १८,१९,२०,२१,२२ गतेसम्म हुने जनाए।

बिहान ६ बजे देखि विभिन्न स्थानहरुमा कार्यक्रम मार्फत प्रकृति प्रति हाम्रो जिम्मेवारी लाई व्यापक रुपमा सचेतना मुलक कार्यक्रमको आयोजना गरिएको उनले जनाए। जनजागृति फैलाउने र प्रकृति प्रति सम्मान गर्ने उद्देश्यले विद्यालय देखि अलौको बाहिरी मुख्य सडक,चौक,पसल एवं टोलको भित्री भागमा सरसफाई गरिएको उनले जनाए।

बाटो घर पसल छेउछाउमा सरसफाइ गर्दै त्यहाँका स्थानियहरु लाई सरसफाइ प्रति सजग रहन जानकारी गराएको उनले बताए। सरसफाइको क्रममा विद्यार्थीहरुले कहि व्यंग्य त कहि मार्मिक रुपमा हासिखुशी सरसफाइको महत्व बारे सम्झाएको उनले जनाए।

प्रकृति प्रति सम्मान गर्न आग्रह विद्यार्थिहरुले गरेको देख्दा मन निकै खुशिको साथ भावुक पनि भएको उनले जनाए। सरसफाई लगायतका कार्यक्रममा सहभागी सम्पूर्ण विद्यार्थीहरु, प्रधानाध्यापक,शिक्षकहरु एवं प्रतिष्ठानका पदाधिकारी सदस्यजन प्रति उनले आभार ब्यक्त गरे।

Leave a review