निजगढ :नवराज चौलागाईं/ निजगढका फुटबलर सृजनराज गौतम नेपाली राष्ट्रिय फुटबल टोलीमा समावेश भएका छन्।
नेपाली राष्ट्रिय फुटबल टोलिले हङकङ बिरुद्ध जुन ५ मा हुने मैत्रीपूर्ण खेल र एएफसी एसियन कप फुटबल छनोट अन्तर्गत जुन १० मा लाओस विरुद्ध खेल्नेछ।
यी खेलको लागि सृजनराज पहिलो पटक नेपाली राष्ट्रिय फुटबल टोलीमा समावेश भएका हुन्। नेपाली राष्ट्रिय फुटबल टोलीका प्रमुख प्रशिक्षक म्याट रोसले किरण चेम्जोङको कप्तानीमा नेपाली फुटबल टिमको घोषणा गरेका हुन्। सोमबार घोषणा गरिएको २३ सदस्यीय टोलीमा सृजन समावेश हुन सफल भएका हुन्।
निजगढमा निरन्तर भईरहेको ग्रासरुट प्रशिक्षण र नियमित अभ्यासको कारण निजगढ बाट पछिल्लो समय बिभिन्न उमेर समुह र सिनियर राष्ट्रिय टोलीमा महिला र पुरुष खेलाडीहरुले स्थान बनाउदै गरेका छन्। निजगढ फुटबल क्लबका प्रशिक्षक सन्तोष गुरुङका अनुसार यसअघि निजगढका समीर तामाङले नेपाली राष्ट्रिय फुटबल टोलीबाट खेलिसकेका छन ।
यस पटक भने समीर टोलीमा स्थान बनाउन असफल भएका छन्। मैत्रीपूर्ण खेलको लागी नेपाली राष्ट्रिय फुटबल टोलिमंगलबार हङकङ प्रस्थान गर्नेछन् ।
नेपाली फुटबल टोलीमा किरण चेम्जोङ (कप्तान),बिशाल सुनार,दिप कार्की,सृजनराज गौतम,अभिषेक लिम्बु,अनन्त तामाङ,अन्जन बिष्ट,एरिक बिष्ट,आयुष घलान,बिमल पाण्डे,जिलेस्पीजंग कार्की,कृतिस रत्न छुन्जु,कुशल देउबा,लाकेन लिम्बु,मणि कुमार लामा,मनिष डागी,रोहितचन्द,रोहण कार्की,सनिष श्रेष्ठ,सुमन श्रेष्ठ,सुमितश्रेष्ठ,सुबाष ठकुरी बम र योगेश गुरुङ रहेका छन्।


