कलैया : बाराको बिश्रामपुर गाउँपालिकाले १७ औं गाउँसभामा बजेट नीति तथा कार्यक्रम प्रस्तुत गरिएको छ। आर्थिक वर्ष २०८२/०८३ का लागि नीति कार्यक्रम तथा बजेट शनिबार सार्वजनिक गरिएको हो।
गाउँसभामा आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ३२ करोड १० लाख ४९ हजार पाँच सय २८ रुपैयाँको बजेट प्रस्तुत गरिएको हो। गाउँपालिका अध्यक्ष जुल्फकार अलि भुट्टोको अध्यक्षतामा सो कार्यक्रम भएको हो।
गाउँपालिकाकी उपाध्यक्ष प्रियन्का देबि साहले वडा नम्बर २ का अध्यक्ष मनोज कुमार यादवलाई निति कार्यक्रम प्रस्तुत गर्न दिएकी हुन्। यसपछि वडा अध्यक्ष यादवले नीति कार्यक्रम प्रस्तुत गरेका हुन्।
गाउँपालिकाले समावेशी,दिगो विकास र नागरिकमुखी सेवा प्रवाहलाई प्राथमिकता दिएको छ। शिक्षा,स्वास्थ्य,पूर्वाधार,सामाजिक सुरक्षा,कृषिको आधुनिकीकरण तथा रोजगारी सिर्जनालाई नीतिको केन्द्रमा राखिएको छ।
गाउँसभामा वडाका वडाध्यक्षहरू,गाउँ सभा सदस्य,कृष्ण प्रसाद साह, कर्मचारी तथा सञ्चारकर्मीहरू लगायतको उपस्थिति रहेको थियो । सो कार्यक्रममा स्वागत प्रमुख प्रशासकिय अधिकृत राकेश ओझाले गरे। संचालन स्वास्थ्य शाखा प्रमुख अलि अकबर हुसेनको थियो।


