स्रोत नखुलेको तीन लाख छयालीस हजार हुण्डीको रकम सहित एक जना पक्राउ

साझेदारी दैनिक
383 पाठक संख्या

वीरगञ्ज : पर्सा प्रहरीले श्रोत नखुलेको रकम सहित एक जनालाई पक्राउ गरेको छ।

पर्सा वीरगञ्ज महानगरपालिका वडा नं.१६रजतजयन्ती चोकमा प्रहरी चौकी ईनर्वा पर्साबाट खटिएको नियमित चेकिङ टोलीले एक जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

भारतबाट नेपालतर्फ तथा नेपालबाट भारततर्फ आवत जावत गर्ने सवारी साधन र पैदल यात्रीहरूलाई जाँच गर्ने क्रममा साईकलमा सवार भारत विहार जिल्ला मोतीहारी थाना रक्सौल वडा नं.१७ बस्ने वर्ष ५० को प्रभु साहलाई प्रहरीले पक्राउ गरेको हो।

संकास्पदरूपमा साईकल चलाइ वीरगञ्जतर्फ आउदै गरेको अवस्थामा निजलाई रोकी खानतलासी गर्दा निजले भिरेको ब्यागभित्र लुकाइ छिपाई राखिएको नेपाली रू.१००० दरका नोट ३४४ थान गरी जम्मा रु. तीन लाख चौवालीस हजार र रू.१०० दरका नोट २० थान रू दुई हजार गरी जम्मा रू. तीन लाख छयालीस हजार फेला पारेको हो।

साहलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालयमा ल्याइ निज विरुद्द मुलुकी अपराध संहिता, २०७४ को दफा १२५ को (क) बमोजिम ( हुण्डी सम्बन्धी कारोबार गर्न नहुने ) कसूरमा पर्सा जिल्ला अदालतबाट दिन–३ ( तीन ) म्याद लिइ थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

Leave a review