चोरीमा संलग्न दुई पक्राउ

साझेदारी दैनिक
266 पाठक संख्या

पर्सा प्रहरीले वीरगञ्जको एक घरमा चोरी गर्ने दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले चोरी गरेको आरोपमा वीरगञ्ज–१६ नगवाका शेख मख्खु र पवन यादवलाई पक्राउ गरेको हो ।

पक्राउ परेका दुबैजनाले सर्लाही हरिवन न.पा.वडा नं.१ जानकीनगर घर भई हाल जि.पर्सा वीरगञ्ज महानगरपालिका वडा नं.५ स्थितमा घरकोठा भाडामा लिइ बस्दै आएका खिलबहादुर मैनाली दशै मनाउन आफ्नो सम्पूर्ण परिवारका सदस्यहरू साथमा लिई आफ्नो पुर्खौली घर गएको बेलामा घरकोठाको ताल्चा फुटाई सुन चाँदीका गर–गहाना तथा नगद समेत गरी दस लाखको सामानहरु चोरी गरेको पर्साका प्रहरी प्रबक्ता एवम् डिएसपी कुमार बिक्रम थापाले जानकारी दिए ।

दुबैजनाको साथबाट चोरी गरिएको सामानहरु समेत बरामद भएको उनले बताए । दुबैजनालाई चोरी सम्बन्धी कसूरमा थप अनुसन्धान तथा कारवाही भईरहेको थापाले बताए ।

Leave a review