बीरगञ्ज कृषि औजार कारखाना अव पुर्ण रुपमा सञ्चालन

राजेश कुशवाहा
518 पाठक संख्या

वीरगञ्ज : बिगत तीन दशक देखि बन्द रहेकोे बीरगञ्ज कृषि औजार कारखाना सञ्चालनमा आएको छ ।

जेठ महिनाको अन्तिम सता देखि कारखाना सञ्चालनमा आएको प्रमुख रितेश देवले जानकारी दिएका छन । कारखानामा १४÷१५ प्रकारको कृषि यन्त्रहरुको अनुसन्धान भईरहेको प्रमुख देवले बताए ।

उनले धान रोप्ने मेशिन,माछाको भुरा उत्पादन गर्ने ईक्वेटर,विडर,खुर्पा,हसिया,चकु लगायतको औजारहरुको निर्माण भईरहेको समेत बताएका छन ।

तीन वटा धान रोप्ने मेशिन चितवनमा पठाईएको प्रमुख देवले ले बताए उनले कारखानामा ४० जना जनशक्ति खटिृएको समेत बताए । कारखाना धेरै पुरानो रहेको र कारखानालाई आधुनिक कारखाना बनाउन करोडौ रुपैया लागने प्रमुख देवले बताए ।

कारखाना सञ्चालनमा सरकार बाट केही सहयोग नपाएको उनले बताए। कृषि बैज्ञानिक महाबिर पुनले किताब बेचेर उक्त कारखाना सञ्चालनमा ल्याउनु भएको प्राबिधिक भुपेन्द्र यादवले बताए ।

कारखानाबाट उत्पादित कृषि औजारहरुले नेपाल भरीका कृषकहरुलाई कृषी सम्बन्धी काममा सहयोग पुग्ने बताए ।

Leave a review

This will close in 0 seconds