कलैया : बिगत दुई दिन देखि बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर १७ मथुरापुरका एक १३ बर्षिय बालकको स्थिती अज्ञात रहेको छ ।
मथुरापुर निवासी ३८ बर्षिय दिपलाल पटेलको १३ बर्षिय छोरा आयुश पटेलको स्थिती अज्ञात रहेको छ ।
बुधबार बिहान कलैया स्थित डेरा बाट उनी स्थानीय ज्ञान सरोवर ईगलिश बोर्डिङ्ग स्कुलमा पढन गएका थिए। उनी बिधालय नपुगी हराएको उनको बुवा दिपलालले बताए ।
उनको खोजतलाश गरिदिनका लागि प्रहरी प्रशासन,मानवअधिकारकर्मी,सञ्चारकर्मी संग पिडीत परिवारले आग्रह गरेको छ ।
उनको खोजतलाश भईरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

