आदर्श कोतवाल गाउँपालिकाद्वारा १९ लाखभन्दा बढी किसानको कृषि विधुत महसुल भुक्तानी

साझेदारी दैनिक
517 पाठक संख्या

कलैया : कृषिमा आधारित जीवनयापन गरिरहेका किसानहरूलाई राहत दिने उद्देश्यले बाराको आदर्श कोतवाल गाउँपालिकाले ७७८ जना कृषकका कृषि मिटरको विधुत महसुल आफैँ तिरेको छ।

गाउँपालिकाले २०८१ साउनदेखि २०८२ असारसम्मको अवधिका लागि कुल १९ लाख ९५ हजार ८०८ रुपैयाँ बराबरको चेक नेपाल विधुत प्राधिकरण सिम्रौनगढ वितरण केन्द्रलाई बुझाएको हो।

सो चेक गाउँपालिकाका अध्यक्ष जवाहर प्रसाद साह स्वयंले हस्तान्तरण गरेका हुन्।

यस कार्यले कृषकहरूको आर्थिक भार केही हदसम्म कम गर्ने विश्वास गरिएको प्रमुख प्रशासकीय अधिकृत विजय कुमार चौरसियाले साझेदारी दैनिकलाई जानकारी दिए ।

Leave a review

This will close in 0 seconds