नौ लाख भन्दा बढीको अबैध प्याज नियन्त्रणमा

साझेदारी दैनिक
837 पाठक संख्या

बारा प्रहरीले नौ लाख रुपैयाँ भन्दा बढीको अवैध प्याज नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय मातहत प्रहरी चौकी पथलैया बाराबाट खटिएको विशेष प्रहरी चेकिङ्ग टोलीले सो प्याज बरामद गरेको हो ।

सो टोलिले जिल्ला बारा जीतपुर सिमरा उपमहानगरपालिका वडा नं. १ पथलैया चोक स्थितमा ना ६ ख २६२५ नं. को ट्रकलाई रोकी चेक जाँच गर्ने क्रममा ख्ऋत्क् अनलाईन बिल गिट्टिको देखाएको र ट्रक भित्र अं.१७,७३० के.जि.को अवैध प्याज पाईएको हो ।

नौ लाख ३० हजार आठ सय २५रुपैयाँको प्याज बरामद भएको हो ।

१८ लाख मूल्य बराबरको ट्रक दुवै गरी जम्मा २७ लाख ३० हजार आठ सय २५रुपैयाँ बराबरकोको भन्सार छली गरी ल्याइएको प्याज र ट्रक नियन्त्रणमा लिई प्रहरीले थप अनुसन्धानको लागी राजस्व कार्यालय पथलैयामा पठाएको छ ।

Leave a review

This will close in 0 seconds