प्रहरी उपरीक्षक गाैतम मिश्र बने मधेश प्रदेशकै उत्कृष्ट प्रहरी उपरीक्षक

साझेदारी दैनिक
445 पाठक संख्या

पर्सा । लक्ष्मी खरेल / मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरद्वारा आयोजित कार्यसम्पादन सम्झौता मूल्यांकनमा पर्सा प्रहरी प्रमुख प्रहरी उपरीक्षक गौतम मिश्र मधेश प्रदेशकै सर्वोत्कृष्ट घोषित भएका छन् ।

९०.१९ प्रतिशत अंक प्राप्त गर्दै पर्सा जिल्ला प्रहरी कार्यालय प्रथम स्थानमा उभिएको छ । प्रहरी उपरीक्षक मिश्रको नेतृत्वमा पर्साले चोरी तस्करीमा करिब ६० करोड रुपैयाँ बराबरका सामान नियन्त्रण गरेको छ भने फरार रहेका १ हजार ५ सय ११ जना प्रतिवादी पक्राउ गरी फैसला कार्यान्वयनमा उल्लेख्य सफलता हासिल गरेको छ ।

लागुऔषध नियन्त्रण र मानव बेचबिखन विरुद्धको कारबाहीमा पनि पर्सा प्रहरीले उत्कृष्ट काम गरेको छ ।

उनले कार्यालयको भौतिक संरचना सुधारसँगै धार्मिक तथा सांस्कृतिक पर्वहरूमा शान्ति सुरक्षा कायम गर्न महत्वपूर्ण भूमिका निभाएका छन् ।

२०७७ देखि सुरु भएको कार्यसम्पादन सम्झौता मूल्यांकनमा पर्सा पहिलो पटक विजेता बनेको हो ।

Leave a review

This will close in 0 seconds