रबिन्द्र प्रसाद साह , /
आज कलैया उपमहानगरपालिका वरपरका गाउँहरु तथा टोल टोलमा बोडि प्रति मुठा (आधा किलोको ) ५ को दलले विक्री गरिरहे तापनी त्यति विक्री नभए पछि केहि किसानरुले २५ रुपैयामा तीन किलो पनि बेचेका छन।
विगत करिव २ महिनादेखि लागेको लकडाउनको कारण किटनासक औषधिहरु नपाउँदा किसानहरु आफ्नो तरकारी खेतीमा गर्न पाएका थिएन्न जसको कारण बोडि लगायतका तरकारीहरुमा किराले असर पुर्याउन थाले पछि तथा कलैया उपमहानगरपालिकाको कलैया बजारमा बजार लाग्न बन्द भएपछि उचित बजारको अभावमा त्यति सस्तोमा बेच्नु परेको किसान भैरोलाल गिरी बताउँछन।
यसरी साइकलमा घुमाएर बेच्दा आफ्नो ज्याला समेत ननिस्किरहेको भए तापनी किराको आक्रमण तथा असिना पानीबाट खराब हुने डरले यसरी बिक्री गरिरहेको उनी बताउँछन।
मात्र एउटा बोडिको कुरा छैन कि यस्तो परिस्थितिमा भिन्डी , करेला , लौका , खिरा लगायतका उत्पादनहरुको पनि भाउ एक दमै घटेको उनी वताउँछन।
खुद्रा मूल्य यस्तो हुँदा थोक मूल्य झन घटेको हुनाले कतिपय किसानहरुको त बजारसम्म ल्याउन लाग्ने भाडा तथा ज्याला पनि यस्तो तरकारीहरुबाट निकालन मुस्किल परिरहेको पनि उनी बताउँछन।