जीतपुर : प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज बारा जिल्लाको परवानीपुर गाउँपालिकामा आउँने कार्यक्रम रहेको छ ।
उहाँले त्यहाँ परवानीपुर गाउँपालिकाको नवनिर्मित प्रशासनिक भवनको उद्घाटन गर्ने कार्यक्रम रहेको छ र परवानीपुर गाउँपालिकामा पहिलोपटक प्रधानमन्त्रीको आगमन हुन लाग्नु भएको भन्दै कार्यक्रमलाई विशेष महत्वका साथ लिइएको छ।
गाउँपालिकाका अध्यक्ष रामक्षेत्री प्रसाद कुर्मीका अनुसार प्रधानमन्त्रीको स्वागतका लागि व्यापक तयारी गरिएको बताउँनुभयो । उहाँले जनप्रतिनिधि, कर्मचारी, स्थानीय बासिन्दा तथा एमालेका नेता–कार्यकर्ताहरू कार्यक्रम सफल पार्न एकजुट भएर लागिपरेको जानकारी दिनुभयो ।
कुर्मीले प्रधानमन्त्रीको आगमनलाई गाउँपालिकाको इतिहासमै स्मरणीय दिनका रूपमा लिने बताए ।कार्यक्रमलाई भव्य र मर्यादित बनाउन सुरक्षा व्यवस्था, सडकमार्ग सजावट, सांस्कृतिक प्रस्तुति लगायत विभिन्न तयारीहरू अन्तिम चरणमा पुगेको जानकारी दिए ।

