Sajhedari Daily
Latest News from Nepal

भन्सार छलीको लाखौँ मुुल्य बराबरको कपडा सहित दुई जना पक्राउ

रञ्जन यादब /
बारा प्रहरीले भन्सार छलीको करिब ६ लाख बराबरको कपडा सहिँत दुई जानालाई नियन्त्रणमा लिएको छ ।
विशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय जीतपुुर अगाडी चेकजाँच गर्दा निजी सवारीमा बिरगंजबाट हेटौडा लाँदै गरेको अवस्थामा उक्त सामान सहिँत दुई जनालाई नियन्त्रमा लिएको प्रहरी जनाएको छ ।

कपडा सहिँत प्रहरीले सवारी चलाक धादिङ्ग जिल्ला संकोच घर भएका वीरगंज महानगरपालिका वडा नम्बर ९ तेजारथ टोल बस्ने कृष्ण नारायण श्रेष्ठ र अबैध पकडाको कारोबारमा संलग्नका भारत बिहार पश्चिमी चम्पारण बेतिया जिल्ला सिक्टा घर भई वीरगंजकै. छपकैंयामा बस्दै आएका इस्ताक अंसारीलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

वीरगंजबाट हेटौडातर्फ जाँदै गरेको प्रदेश ३ को ०१–०२२ च ७०७० नम्बरको निजी बिर्जा कारमा अबैध रुपमा भारतबाट भन्सारी छली कपडा वरामद गरेको हो । वरामद कपडाको बजार मूल्य पर्ने करिब ६ लाख बराबरको ईलाका प्रहरी कार्यालय जीतपुरका प्रहरी नायब निरिक्षक देवबहादुर चन्दले वताएका छन ।