बन्द उद्योगहरु खोलिने प्रधानमन्त्री प्रचण्डको आश्वासन

राम मण्डल
300 पाठक संख्या

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशभरिमा बन्द अवस्थामा रहेको उद्योगहरु खोलिने आश्वासन दिएका छन् ।

उनले प्रेस सेन्टर नेपालको २० औ स्थापना दिवको कार्यक्रमलाई सोमबार सम्बोधन गर्दै उद्योगलाई खोल्ने प्रयास भईरहेको बताएका हुन् ।देशका बन्द उद्योगहरु खोल्ने प्रयास भएको तथा केही हप्तामै त्यसको जानकारी सबैले पाउने उनले दाबी गरे ।

बिराटनगर जुट मिल,हेटौडा कपडा उद्योग,गोरखकाली रबर उद्योग,बुटवल धागो उद्योग जस्ता रुग्ण भएका उद्योगहरुलाई सञ्चालन गर्नेबारेमा पहल अगाडी बढाइएको उनले बताए ।

उनले यस्को बारेमा पिपिपि मोडेल वा नेपाली सेनालाई जिम्मा दिने बिषयमा पहल अघि बढेको उनले बताएका हुन् । आप्mनो कार्यकालमा राम्रो काम गरेकोले प्रतिक्रियाबादी शक्तिहरु गाली गलौजमा उत्रेको उनले जनाए ।

उनीहरुको प्रतिबाद गर्न नेता कार्यकर्ताहरुलाई प्रचण्डले निर्देशन दिए ।अहिले जनमुक्ति सेनाको भूमिकामा प्रेस सेन्टर नेपाल नै रहेको प्रधानमन्त्री प्रचण्डको भनाई थियो ।अहिले मुख्य रुपमा सोशल मिडियाको बढी दुरुपयोग भएको देखिएको उनले जनाए ।

उनले अहिलेको युगमा नभए क्रान्तिलाई निरन्तरता दिने, समाजबाद निर्माणको सपना पुरा गर्ने दिशामा अगाडि बढन धेरै कठिन भएको बताए । अर्को वर्षको नीति कार्यक्रमको जनता, जनप्रतिनिधि र नेताहरुबीचमा बहस भई राय सुझाव लिएर राम्रो बजेट बनाउने उनले बताए ।

तीन करोडका कमका बजेटहरु सँघले नगर्ने उनले जनाए । त्यस भन्दा तलका बजेट प्रदेश र स्थानीय तहलाई दिने उनले बताए । कृषि र रोजगारीलाई दृष्टिगत गरी नयाँ बजेट निर्माण हुने पनि उनले बताए ।

जनतालाई अनुभूति दिने कुरामा पहिलो जोड रहने गरी जनताले प्रत्यक्ष देख्ने गरी नयाँ प्रक्रिया शुरु गर्न गईरहेको उनले जानकारी दिए ।

Leave a review

This will close in 0 seconds