कलैया । सशस्त्र प्रहरीले बाराको विभिन्न स्थानहरूबाट पाँच लाख रुपैयाँबराबरको अवैध सामान बरामद गरेको छ।
वि.ओ.पि. गोलागंजले सिम्रौनगढ ७ कवलपुर सीमा क्षेत्रवाट मोटरसाइकलसहित एक लाख ६५ हजार रुपैया बराबरको अवैध औषधि र हार्डवेयर सामान बरामद गरेको छ। प्रस्तावित सीमा सुरक्षा गुल्म पिपरपातिको टोलीले रू ५२ हजार रुपैयाँ बराबरको किराना आईटम बरामद गरेको छ।
त्यस्तै सुरक्षा वेश बरियारपुरको टोलीले हर्नैया र पसाहा चोकवाट रू एक लाख ६० हजार बराबरको किराना आईटम बरामद गरेको छ। प्रस्तावित सीमा सुरक्षा गुल्म मटेर्वाको टोलीले कलैया १० मटेर्वा सीमा क्षेत्रवाट रू २१ हजार मूल्य बराबरको टेम्पर ग्लास बरामद गरेको छ।
त्यसैगरी विश्रापपुर गाउँपालिका ०३ सीमा ईलाकावाट बि.ओ.पि.बरैनियाको टोलीले अबैधरुपमा भारतबाट मोटरसाइकलको प्रयोग गरि नेपाल तर्फ ल्याउदै गरेको अन्दाजी २५ हजार मूल्य बराबरको झिगे माछा सहित मोटरसाइकल नियन्त्रणमा लिएको छ।
उक्त झिंगे माछा र मोटरसाइकल एक लाख ८५ हजार मूल्य बराबरको रहेको सशस्त्र प्रहरी बल नं. १२ गण बाराका गणपति एवम् प्रहरी उपरीक्षक खुमबहादुर केसीले जानकारी दिएका छन्।
उनका अनुसार बरामद गरिएको सबै सामान सम्बन्धित निकायमा बुझाईएको छ।

