पूर्वाधार विकास कार्यालय बाराले गर्‍यो अस्थायी तथा करार सम्झौता रद्द

साझेदारी दैनिक
360 पाठक संख्या

कलैया : पूर्वाधार विकास कार्यालय बाराले अस्थाई तथा करारमा रहेको कर्मचारीको सम्झौता रद्द गरेको छ। कार्यालयका निमित्त कार्यालय प्रमुख सञ्जयकुमार यादवले एक सूचना जारी गरी यस्तो जनाएका हुन्।

नेपाल सरकार अर्थ मन्त्रालय सिंहदरबार, काठमाण्डौको ५ गतेको निर्णय अनुसार नेपाल सरकार, प्रदेश तथा स्थानीय तहमा स्वीकृत दरबन्दी बाहेकमा अस्थाई तथा करारमा कर्मचारी राख्न नपाउने निर्णय कार्यान्वयन गर्न गराउनका लागि नेपाल सरकारका सबै मन्त्रालय तथा निकाय, प्रदेश सरकार तथा सबै स्थानीय तहलाई पत्राचार गरिएको यादवले जनाएका हुन्।

कार्यालयबाट यस चालु आर्थिक वर्ष २०८२/ ०८३ मा स्वीकृत दरबन्दी बाहेक अस्थाई तथा करारमा कर्मचारी भर्ना नगर्ने र मिति २०८२।०६।१० गते देखि यस चालु आर्थिक वर्षमा स्वीकृत दरबन्दी बाहेक अस्थाई तथा करार सम्झौता रद्द गरिएको सो सूचनामा जानकारी दिइएको हो।

Leave a review

This will close in 0 seconds