डुमरवानामा मतदाता नामावली दर्तामा सहजीकरण गर्दै जेनजी युवाहरु

साझेदारी दैनिक
385 पाठक संख्या

डुमरवाना : बाराको जीतपुरसिमरा उपमहानगरपालिका जेनजी युवाहरू सचेत जागरूकता हुँदै गएको देखिएको छ । युवाहरूले डुमरवाना चोकमा दक्ष जनशक्ती सहित अनलाइन फारम भर्दै कलैया जान सहजिकरण गदै आएका छन । डुमरवानामा अहिले सम्म करिव ४० जनाले अनलाईन फारम भरेको जेनजी अगुवाहरूले जानकारी दिए ।

गत भदौ २३ र २४ गतेको परिवर्तनकारी आन्दोलनबाट बनेको अन्तरिम सरकारले फाल्गुन २१ गते हुने संसदीय निर्वाचनमा युवाहरू उत्साहका साथ सहभागिताको लागि नयाँ मतदाताहरूको सहजीकरणका लागि डुमरवाना चोकमा सहायता कक्षनै स्थापना गरेर बसेका छन । युवा मतदाता आगामी फागुन २१ गतेको संसदीय निर्वाचनका लागि मतदाता नामावलीमा नाम दर्ता गर्न उत्साहित देखिएका छन्। हालैका प्रदर्शनबाट प्रेरित भएर उनीहरूले आफ्नो मताधिकार सुनिश्चित गर्न चाहेका छन् ।

गत असोज १२ गतेदेखि सुरु भएको फोटोसहितको मतदाता नामावलीमा बारा जिल्लामा असोज ३० गते सम्ममा १ हजार ५ सय ४८ जनाले आफ्नो नाम दर्ता गराएको जिल्ला निर्वाचन आयोग बाराका सूचना अधिकारी मुकेशकुमार सिंहले जानकारी दिए । सिंहका अनुसार एक हजार १६ जना पुरुष र ५ सय ३२ जना महिलाले नाम दर्ता गराएका छन्। मतदाता नामावलीमा नाम सूचिबद्ध गर्न पुनः सुरू भएदेखि नै दैनिक ४० जनाभन्दा बढीले नाम दर्ता गराउने गरेका छन्।

युवाहरूले पुराना राजनीतिक दलहरूप्रति असन्तुष्टि व्यक्त गर्दै नयाँ र सक्षम उम्मेदवारलाई समर्थन गर्न चाहेका छन्। बाराको जिल्ला निर्वाचन कार्यालयमा फोटा खिच्न युवाहरूको उल्लेख्य उपस्थिति देखिएको छ।

Leave a review