कलैया । कलैया सिटी जेसिजले जेसिज सप्ताह–२०२६ अन्तर्गत बाराको कलैया उपमहानगरपालिका–१५ बकुलहरस्थित श्री महावीर आधारभूत विद्यालयमा खेलकुद सामग्री वितरण गरेको छ।
जेसिज सप्ताहको तेस्रो दिन सोमबार विद्यालय परिसरमा आयोजित एक कार्यक्रमबीच विद्यार्थीका लागि विभिन्न खेलकुद सामग्री वितरण गरिएको हो।
कार्यक्रम संयोजक आदिल अन्सारीका अनुसार विद्यालयलाई ३ थान ब्याट, ३ थान बल, प्ले ग्रुप कक्षाका लागि ४ सेट प्लास्टिकका ब्याट, २ थान फुटबल, कलर गेम र ५ थान स्किपिङ सामग्री वितरण गरिएको छ।
कलैया सिटी जेसिज–२०२६ का अध्यक्ष सन्दीप कुमार साहको अध्यक्षतामा भएको कार्यक्रममा कलैया उपमहानगरपालिका–१५ का वडाध्यक्ष भोरिक प्रसाद यादव प्रमुख अतिथि रहेका थिए।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक सहदेव महतो, जेसिज–२०२६ का महासचिव सञ्जय कुशवाहा महतो, २०२५ का निवर्तमान अध्यक्ष ओमप्रकाश सर्राफ, सतेन्द्र सहनी, रामअसिस सहनी, जैवाद अन्सारीलगायत जेसिजका पदाधिकारी तथा सदस्यहरूको सहभागिता रहेको थियो।


