महाधिवेशन एक महिनामै सम्पन्न गर्न सकिन्छ : उप- सभापति वीरेन्द्र प्रसाद सिंह

साझेदारी दैनिक
193 पाठक संख्या

कलैया । नेपाली कांग्रेस मधेश प्रदेशका उप–सभापति प्रदेश सांसद वीरेन्द्र प्रसाद सिंहले पार्टी नेतृत्वलाई अब महाधिवेशन प्रक्रियामा ढिलाइ नगर्न आग्रह गरेका छन्।

उनले कांग्रेस अहिले अनुकूल परिस्थितिमा रहेको बताउँदै नेतृत्वले कार्यतालिका जारी गरे एक महिनाभित्रै महाधिवेशन सम्पन्न गर्न सकिने बताएका छन्।

सिंहका अनुसार, कांग्रेस अहिले सरकारमा छैन, मौसम अनुकूल छ र कुनै बाह्य दबाब पनि छैन। यस्तो अवस्थामा महाधिवेशन लम्ब्याउने कुनै वैधानिक वा व्यवहारिक आधार नरहेको उनको टिप्पणी छ।

आज सञ्चार कर्मी संग कुरा गर्दै उप–सभापति सिंहले नियमित महाधिवेशनको समयमै तयारी नभए विशेष महाधिवेशन बोलाउन मागसहितको प्रस्ताव दर्ता भइसकेको पनि स्मरण गराए। पार्टी विधानले यस्तो प्रस्तावलाई रोक्ने अधिकार कसैलाई नदिएको उल्लेख गर्दै उनले भित्रभित्रै प्रक्रियालाई रोक्ने प्रयास भए त्यो कांग्रेसको आन्तरिक लोकतन्त्रविरुद्ध जाने चेतावनी पनि दिए।

सिंहका अनुसार, समयमै महाधिवेशन सम्पन्न हुनु नै पार्टीको विश्वसनीयता पुनःस्थापना, संगठन सुदृढीकरण र आगामी राजनीतिक परिस्थितिमा प्रभावकारी भूमिका खेल्नका लागि अपरिहार्य रहेको नेपाली कांग्रेस निकट मधेश प्रदेश सूचना सञ्चार प्रचार प्रसारका सचिव निकेश त्रिपाठीले बताए

Leave a review