कलैया : सीमा क्षेत्रको दुरुपयोग रोक्न माग गर्दै जेनजी एण्ड युथ कलैयाले सीमा क्षेत्रको दुरुपयोग रोक्न माग गर्दै बुधबार जिल्ला प्रशासन कार्यालय बारामा ज्ञापनपत्र दिएको छ। जेनजी एण्ड युथ कलैया उपमहानगरपालिका कमिटीको संयोजक सौरभ पाण्डेयको नेतृत्वले जिल्ला प्रशासन कार्यालय बारा कलैयाका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रलाई ज्ञापनपत्र बुझाउदै यस्तो माग गरेका हुन्।
ज्ञापनपत्रमा नेपाल–भारत खुल्ला सिमानाको दुरुपयोग भएको उल्लेख छ। देशभर तीव्र रुपमा बढ्दै गएको भारत तथा तेस्रो मुलुकबाट हुने घुसपैठ अवैध ओसार पसार, सगठित आपराधिक गतिविधि, मानव तस्करी तथा समग्र सुरक्षागत जोखिम बारे गम्भीर चिन्ता व्यक्त गर्दै जिल्ला प्रशासन कार्यालयमा औपचारीक रुपमा ज्ञापनपत्र बुझाएको जनाइएको छ। ज्ञापनपत्रमा तत्काल र प्रभावकारी कदम चाल्न आग्रह गरिएको छ। सिमाक्षेत्रको दुरुपयोग गर्दै अनियन्त्रित प्रवेशमा कडाइ तथा सुरक्षाको ग्यारेन्टीको माग ज्ञापनपत्रमा गरिएको छ।
सीमावर्ती नाकामा सुरक्षित आवागमनका लागि भेरिफेकिशेन डेस्क स्थापना गर्न ज्ञापनपत्रमा माग गरिएको छ। शंकास्पद व्यक्तिहरुको पहिचान, कागजात प्रमाणिकरण तथा उद्देश्यको पुस्टि
हेर्नुपर्ने सुझाव दिइएको छ। सिमा क्षेत्रमा डिजिटल निगरानी गर्न तथा घुसपैठ तथा अवैध क्रियाकलापविरुद्ध शून्य सहनसिलता नीति लागू गर्न माग ज्ञापनपत्रमा गरिएको छ। सिमामा हुने अवेध कारोबार तस्करी नियन्त्रणमा विशेष अभियान सञ्चालन गर्नु पर्ने माग गरिएको छ।
नेपाल–भारत सुरक्षा निकायबीच निर्यामत सयुक्त गस्ती तथा अनुगमन गर्न भनिएको छ। खुल्ला सिमा विकास, व्यापार र मानवीय सम्बन्धका लागि होस दुरुपयोग गर्ने अपराधीका लागि होइन । नेपाली भूमि भएर अवैध प्रवेश गर्ने, आपराधिक गतिविधिमा सलग्न समूहको बसाई अवैध बसोवास, साम्प्रदायिक तनाव बढाउने प्रयास, तथा अवैध वितिय कारोबार जस्ता गतिविधिले राष्ट्रिय सुरक्षा, सामाजिक सद्भाव र कानुनी व्यवस्थामा प्रत्यक्ष प्रभाव पारिरहेको ज्ञापनपत्रमा लेखिएको छ।
यस्ता संवेदनशील विषयमा अब असहय भइसकेको छ। यसर्थ जिल्ला प्रशासन कार्यालयले सुरक्षा सयन्व सुद्धीकरण, तस्करी नियन्त्रण, प्रर्वाधि मैत्रि सुरक्षा व्यवस्था र नागरिक सुरक्षा प्रार्यामकता सहितको स्पष्ट कार्ययोजना तत्काल लागु गर्न ज्ञापनपत्रमा अनुरोध गरिएको छ।
चुनाव नजिकिदै जादा अझै जिम्मेवारी हुनुपर्ने भएकोले नागरिकको सुरक्षा र राष्ट्रिय स्वाभिमानलाई सर्वोपरि राखि स्थानीय जिल्ला, प्रदेश, केन्द्र सरकारहरुसंग निरन्तर निगरानी र देशमा हुने चलखेलबाट जोगाउन अनुरोध ज्ञापनपत्रमा गरिएको छ। ज्ञापनपत्रको बोधार्थ प्रधानमन्त्रीको कार्यालय काठमाडौ, गृह मन्त्रालयको कार्यालय काठमाडौमा पठाइएको छ।

