रौतहटमा ट्रक र कार एकआपसमा ठोकिँदा एक जनाको मृत्यु

Om Prakash Yadav
315 पाठक संख्या

रौतहट । रौतहटको चन्द्रनिगाहपुरमा आज बिहान ट्रक र कार एक आपसमा ठोकिँदा एकजना बृद्धको मृत्यु भएको छ ।

जिल्लाको चन्द्रपुर नगरपालिका- ४ स्थित पूर्व–पश्चिम महेन्द्र राजमार्गको पश्चिम पहिलो लच्का नजिकै पूर्वबाट पश्चिम तर्फ जादै गरेको बागमती प्रदेश ०३–००१ ख ११४८ नम्बरको ट्रकमा बिपरीत दिशा तर्फ आउदै गरेको बा ३ च ६१९३ नम्बरको कार संग ठोकिदा एकजना बृद्धको मृत्यु भएको हो ।

मृत्यु हुनेमा बाराको निजगढ न.पा.३ सिगौल बस्ने वर्ष ७९ को भक्त बहादुर खत्री रहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।

कार बाराको निजगढबाट चन्द्रनिगाहपुर तर्फ आउदै थियो । र्दुघटनामा परी कार चालक दिनेश थपलिया र चन्द्रपुर ६ बस्ने डोरमणी सापकोटा घाइते भएका छन । ऊनीहरुको चन्द्रनिगाहपुरस्थित सिभिल अस्पतालमा उपचार भइरहेको छ ।

ट्रक चालक मकवानपुर हेटौडा उपमहानगरपालिका – ७ बस्ने ५३ बर्षिय श्याम बहादुर तितुङलाइ प्रहरीले नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायब उपरिक्षक रुपा लाबुङले जानकारी दि ।

Leave a review