अत्याधिक चिसो बढेपछि दुई पालिकाको बिधालयमा पठन-पाठन बन्द

राजेश कुशवाहा
439 पाठक संख्या

कलैया : अत्याधिक चिसो बढेपछि बाराको बिश्रामपुर गाउँपालिकाले गाउँपालिका भित्र रहेका निजी तथा सस्थागत बिधालयमा चार दिनका लागि पठन पाठन बन्द गरेको छ ।

बिगत केही दिन देखि बढेको अत्याधिक चिसोको कारणले बिधालयमा अध्ययनरत बालबालिकाहरुको स्वास्थयमा समेत प्रतिकुल असर पर्ने भएको हुनाले पुस ८ गते मंगलबार देखि पुष ११ गते शुक्रबार सम्मका लागि बिधालयमा पठन पाठन बन्द गरिएको शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख महेश रिमालले जानकारी दिएका छन ।बर्षे बिदा बाट कटृा हुने गरी बिधालयमा पठन पाठन बन्द गरिएको रिमालले बताएका छन ।

यसैगरी बाराको परवानीपुर गाउँपालिकाले अत्यधिक चिसो बढेपछि बाराको गाउँपालिकाले गाउँपालिका भित्र रहेका निजी तथा सस्थागत बिधालयमा पांच दिनका लागि पठन पाठन बन्द गरेको छ । गाउँ कार्यपालिकाको निर्णयअनुसार पुस ७ देखि पुस ११ गते शुक्रबारसम्म विद्यालयको पठन–पाठन बन्द गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुन्ना साह रौनियारले जनाएका छन । वर्षे बिदाबाट कट्टा हुने बिधालयमा पठन पाठन बन्द गरिएको गाउँपालिकाले जनाएको छ।

Leave a review

This will close in 0 seconds