राम मण्डल/
नेपाल आयल निगमले तोकेको १४.२ केजी क्षमता भन्दा बढीको ग्याँस सिलिन्डरमा ग्याँस भरेर बिक्री बितरण गदै आएको मनोज ग्याँस उधोगमाथि कारवाही गर्नुपर्ने मााग गरिएको छ ।
मनोज ग्याँस उधोगले बढी क्षमताका ग्याँस सिलिन्डरमा ग्याँस भरेर बिक्री वितरण गर्दै आईरहेकोले उधधोगमाथि कारवाही हुनुपर्ने माँग उभोक्ता हित सँरक्षण मञ्च वीरगञ्जले गरेको छ ।
शुक्रबार पर्साका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीलाई ज्ञापन पत्र बुझाउदै मञ्च वीरगञ्जका अध्यक्ष अजित भुजेलले मनोज ग्याँसलाई कारवाही गर्नुपर्ने माँग गरे ।उनले गैरकानुनी रुपमा उधोगले बढी क्षमताका सिलिन्डरमा ग्याँस भरेर बिक्री बितरण गरेकोले ऐन अनुसार कारवाहीको माँग गरे ।
रुपमा गैरकानुनी तरिकाले बढी क्षमताका ग्याँस सिलिन्डरहरु जडान गरेको छ ।
पर्साको वीरगञ्ज महानगरपालिका २१ परवानीपुरमा रहेको उधोगले आफै पत्र लेखेर बाणिजय तथा उपभोक्ता हित सँरक्षण कार्यालय वीरगञ्जलाई यसको जानकारी दिएको छ ।
गत भदौ ३१ गते कार्यालय वीरगञ्ज,उपभोक्ता हित सँरक्षण मञ्चको केन्द्रिय प्रतिनिधी सम्मिलित टोलीले उधोगको अनुगमन गरेको थियो ।
अनुगमनको क्रममा उधोगमै एउटा ४५० केजीको सिलिन्डर टोलीले उधोग परिसरमै फेला पारेको थियो ।गैरकानुनी रुपमा उधोगले बढी क्षमताका सिलिन्डर फेला पारेपछि त्यस समबन्धि बिबरण अनुगमन टोलीले उधोग प्रशासनसित माँग गरेको थियो ।
जस अअनुसार मनोज ग्याँस उधोग आफैले मकवानपुर र बारा जिल्ला तथा उधोगमा एउटा गरि ४४ वटा ४५० केजीका सिलिन्डरहरु जडान रहेको जानकारी दिएको छ ।
जस अनुसार मकवानपुरको हेटौडा स्थित अन्टारकटिक बिस्कुट प्रालिमा ४५० केजीको २७ वटा,पोशक ब्रिडर फर्म प्रालिमा ४ वटा सिलिन्डर जडान गरिएको छ ।यसैगरि बाराको जितपुर सिमरा उपमहानगरपालिकास्थित के.बी.शाम अल्मुनियम प्रालिमा ७,प्रेस्टिज कार्पेट प्रालिमा पाँच वटा सिलिन्डर जडान गरिएको छ ।
नेपाल आयल निगमले पनि ११४.२ केजी भन्दा बढी षमता भएको सिलिन्डरमा ग्याँस भरेर बिक्री बितरण गर्न नपाईने भन्दै गत असोज ४ गते नै सुचनामार्फत जानकारी दिएको थियो ।तर निगमले मनोज ग्याँस उधोगलाई कारवाहीको दायरामा ल्याउन नसकेकोले उधोगमाथि कारवाही हुनुपर्ने माँग उपभोक्ता हित सँरक्षण मञ्च वीरगञ्जले गरेको छ ।
उपभोक्ताहरुको स्वास्थयसित खेलवाड गरि यसरी नियमको धज्जी उडाउदै गैरकानुुनी रुपमा ग्याँस सिलिन्डरको बेचबिखन गर्ने उधोगमाथि कारवाही नै हुनुपर्ने आफुहरुको माँग भएको उपभोक्ता हित सँरक्षण मञ्च वीरगञ्जका अध्यक्ष भुजेलको भनाई छ ।

