Sajhedari Daily
Latest News from Nepal

बाराका पाँचवटा कृषि सहकारीहरुले मंगलवारदेखी समर्थन मुल्यमा धान खरिद गर्न शुरुगरे

रञ्जन यादब/
बाराका पाँच वटा कृषि सहकारी संस्थाहरुले सरकारले तोकेको सर्मथन मुल्यमा धान खरिद गर्न शुरु गरेका छन ।
प्रधानमन्त्री कृषि आयोजना बाराको निर्देशनमा बाराका पाँच वटा सानाकिसान कृषि सहकारी संस्थाहरुले मंगलबारदेखि नेपाल सरकारले तोकेको समर्थन मुल्यम धानखरिद गर्न सुुरु गरेका हन् ।

डुमरवाना साना किसान कृषि सहकारी संस्था डुम्मरवानाले खाद्यउद्योगले समर्थन मुल्यमा किसानहरुबाट धान खरिदको गर्दै एक कार्यक्रमवीच शुभआरंम्भ गरेको हो ।

सनाकिसान कृषि सहकारी संस्था डुमरवानाका अध्यक्ष बिश्वनाथ लामिछानेको अध्यक्षतामा आयोजित धान खरिद शुुभाआरंम्भ कार्यक्रममा प्रधानमन्त्री कृषि आयोजना बारा प्रमुख सुरेन्द्र यादब, सहकारीका खाद्य शाखा प्रमुख प्रदिप बराल, शाखा प्रबंन्धक राजेन्द्र जमरकटेल, संस्थाका सदस्यहरु उपस्थित रहेको थियो ।

संस्थाले धानखरिद कार्यक्रमको पहिलो दिन कोल्हबीका किसान आनंन्द चौधरी, हिरा चौधरी लगायत किसानहरुको सोना मंसुली, सावित्री, जातका करिब एक सय ५ क्युईन्टल धानप्रति खरिद गरीएको छ । सहकारीले सरकारले तेकेको सर्मथन मुल्य किलो २७ रुपैया ३५ पैसामा खरिद गरेको छ ।

अहिले बजारमा यी जातका धानकार स्थानीय व्यापारीहरुले प्रति किलो रु २४ रुपैयादेखि २५ रुपैयासम्म खरिद गरिरहेका छन ।

प्रधानमन्त्री कृषि अयोजनासंग सम्झौता गरेका बाराका पाँच वटा सहकारीहरुले मंगलबार र शुुक्रबार हप्ताको दुई दिनमात्र समर्थन मुल्यमा किसानको धान खरिद गर्ने जनाएका छन् ।

यता सरकारले ढिलागरी धानको समर्थन मुल्य तोकेको कारण किसानहरुले भने धान पहिले नै स्थानीय ब्यपारीहरुलाई बेचि सकेका बताएका छन ।

Comments are closed.

error: Content is protected !!