कलैया :पर्सा प्रहरीले लागुऔषध गाँजा जस्तो देखिने चार केजी ५० ग्राम गाँजासहित एक जनालाई पक्राउ गरेको छ।
पर्साको वीरगञ्ज महानगरपालिका वडा नं.१४ गण्डक चोक स्थित सडकखण्डमा सवारीसाधन तथा पैदल यात्रुहरूलाई जाँच गर्ने क्रममा प्रहरी चौकी गण्डकबाट खटिएको प्रहरी चेकिङ टोलीले एक जना मानिसलाई नियन्त्रणमा लिएको हो।
साईकलमा सवार शंकास्पद रूपमा आउँदै गरेका जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नं.२८ बगही बस्ने वर्ष ४५ को राम सुरेश सहनीलाई प्रहरीले नियन्त्रणमा लिएको हो।
सहनीले कम्मर भन्दा माथि शरीरमा आकासे रंगको प्लाष्टिक भित्र कालो रंगको धागोले सिलाई सेतो टेपले बेरी लुकाइ छिपाई राखिएको लागुऔषध गाँजा बरामदसहित सहनीलाई नियन्त्रणमा लिइ थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

