बोल्ने झोला -गोबिन्द पौडेल

साझेदारी डेलि
423 पाठक संख्या

एकाबिहानै म काम बिशेषले बाहिर जानथालेको थिए । म अली हतारमा थिए । प्रयाजसो हाम्रो समाजमा बाटोमा नै फोहोर फाल्ने र छ्या गनायो भनेर हिड्ने चलन छ । बाटो छेउमै रहेको फोहोरको डुङगुरबाट हेर्दा केहि देखिदैन मान्छे बोलेको आबाज आईरहेको छ । यताउता हेर्छु केही देखिैदैन । मलाई अचम्म लाग्यो । अलिअलमलमा परे न कसैले मान्छेलाई पोको पारेर फोहरमा फालिदिएको त होइन ? सानो बच्चा पो हो कि ? निआलेर हेरे फेरिपनि केही देखिदैन । अचम्मै छ । भुतप्रेतले तर्साउन दिएको भनौ भने बिहान छङ्ग उज्यालो भईसकेको छ ।

आफुपुग्नुपर्ने कहाँ यहीँ आबाजमा म अलमलिरहेको छु । दृश्य केही पनि देखिदैन । एकमन भन्छ जेसुकै होस अर्को मन भन्छ यसको छिनोफानो लगाएर जाउ । यस्तै दोधार हुदाँहुदै यो के रहेछ । पत्ता लगाए रै जान मन लाग्यो । मलाई चिच्याएर सोध्न मनलाग्यो । म चिच्याएर बोले तिमी को हौ बाहिर देखिदैनौ चिच्चाइरहन्छौ । यो त फेसबुकमा फेक आईडीबाट लेखहरु पोष्ट गरे जस्तै भएको छ पोष्ट देखिने परिचय नखुल्ने यस्तै प्रबृत्ति मौलाएको छ । यहाँ आबाज आउँछ मान्छे देखिदैन । खाली मान्छेहरूलाई गाली गरिरहन्छौ । बाहिर आउ म तिमीलाई भेटेर सामुन्नेमा कुरा गर्न मन लाग्यो । मैले तिमीलाई देखिरहको छु । मलाई पनि तिमीले देखिरहेकाछौ तर म मान्छेले जस्तै कहिलै बोलेको थिईन । त्यसैले तिमीले चिन्न र ठम्याउन सकेनौं । म तिमीहरु जस्ता मान्छेहरूले हामीहरु माथि गरेको हेलो होचो र अन्याय सहन नसकेर आज म यसरी बोलिरहेकोछु ।

आखिर को हौ त तिमी आफ्नो नाम बताउ आखिर मान्छेहरूले के गरे तिमीहरुलाई अगाडि आउ कुरा के हो ? म केही सहयोग गर्न सक्छु कि ? यतिकुरा मैले भन्न नपाउदै उसले जबाफ फर्कायो । मैले तिमीहरू जस्तो मान्छेहरुबाट केही हुन्छ भन्ने आशा राखेको छैन । मलाई त सबै मान्छे उस्तै उस्तै लाग्न थाल्यो । यस्तैमा समय बित्दै गईरहेको छ छदमभेषी बाहिर आएको छैन । आफुलाई ढिलो भईरहेको छ । जे सुकैहोस यो घटनामा म झन उत्सुक हुनथाले उत्सुकता बढ्दै गयो । यसको छिनोफानो गर्न मन लाग्यो । मैले उसलाई अगाडि आउन र आफ्नो समस्या राख्न नम्रतासाथ अनुरोध गरे । त्यस लगत्तै उसले बोल्यो मेरो कुरा सुन्छौ त ? मैले तुरुन्त भने सुन्छु तिमी को हौ र तिम्रो कुरा के हो सुन्नत म यति बेला सम्म बसिरहेको छु ।

यत्तिकैमा त्यो फोहोरको थुप्रोबाट खरखर आबाज आउनथाल्यो । प्लाष्टिक हल्लिए जस्तो लाग्यो । त्यहि ठाउँबाट म बोलौ त भन्ने आबाज आयो । म अचम्मित भए यो के भईरहेको छ । उ बोल्दै छ म झोला बोलेको मेरो नाम झोला हो । मलाई उसको कुरामा बिश्वास लागेन नचाहिदो कुरा नगर कहि झोलापनि बोल्छ ? हो म साच्चै झोला बोलिरहेको छु । त्यो प्लाष्टिकको झोला यताउता सर्दै बोल्दैछ । त्यो झोला जहाँ जहाँ जान्छ, त्याँहि त्याँही बाट आबाज आईरहको छ । मेरो दिमाग चक्राउन थाल्यो । बास्तवमै झोला बोलिरहेछ । यस्तो त हुनैसक्दैन । तिमी कुनै छदमभेषी मान्छे त होईनौ कुनै मायाजाल रचेर मलाई तर्साउने काम गरिरहेका त छैनौं । वा अुरुकुनै चिज त होइनौं । होईन मैले पहिले नै भनिसके म झोला नै बोलिरहेको छु । हामी माथि मान्छेहरूले अति गरेकोले म पहिलो चोटी मान्छेहरूले जस्तो बोलिरहेको छु तिमीले अचम्म मान्नुपर्दैन ।

उ अलिपर गएर बोल्न थाल्यो । यो झोला नै बोलिरहेको छ म थप विश्वस्थ भए उ बोलिरहेको छ । हामी बिश्वका मान्छेहरूको घर घरमा मात्र होइन हात हातमा पनि छौ । हाम्रो प्रजाती धेरै छन् हामी धेरै आकार प्रकारमा छौ । हामी सस्तो र महङ्गोमा खरिदबिक्री हुन्छौं । तपाईंले आफ्नो ढाडमा भिरेरको झोलापनि हाम्रै प्रजाती हो । बिचैमा म बोले भएर के भयो त ? केही भएन हाम्रो काम नै तपाईंहरूको सेवा पु-याउने हो । तर तपाई मान्छे जातीहरुले हामी झोला जातिलाई साह्रै अपहेलना र हेप्ने काम भएको छ । आज मानिसहरूले पहिला जस्तो खेतीपाती गर्दैन । उत्पादन पनि कम हुँदैगएको छ । उनिहरुले अलि अलि उत्पादन गरेको वा किनेर ल्याएको सामान हामी झोलाहरुलाई नै बोकाउछन् । हामीले नै सकि नसकी बोकेर ल्याउनुपर्छ ।

गाह्रो साह्रोमा हामी नभई हुँदैन उनलाई , हरेक मिठो मसिनो खानेकुरा बोकेर तिनिहरुको घर भान्सा सम्म हामीले नै पु-याउनुपर्छ । काम सकिएपछि हामी झोला जातीलाई राजनीतिक दलका नेताहरुले कार्यकर्ताहरूलाई वास्ता नगरेर छोडेजस्तो हामी झोलाहरुलाई मान्छेहरुले जहाँ पायो त्यहीँ कच्याकुचुक्क पारेर फालिदिन्छन । हेर यो झोला यहाँ कसले फालेछ फोहोर भयो भनेर मान्छेहरू कराउछन् । हामी बिना मान्छेहरुको गुजारा चल्दैन । उनिहरुलाई चाहिने खानेकुरा मात्र नभएर लत्ताकपडा हामीले नै बोक्नुपर्छ । हाम्रा क्षमता भन्दा कोचेर सामानहरु हाल्छन् । बढि लोड भएको कारणले हामी चुडने र च्यातिने पनि गर्छौ । यस्तो बेला उनीहरु आफ्नो दोष देख्दैनन् कस्तो खत्तम झोला परेछ भनेर गाली गर्छन र पनि छोडदैनन् बाधबुध गरेर हामीलाई नै सामन बोकाएर लैजान्छन् मानिसहरु देशको राजनीति बिगार्छन्, समाज बिगार्छन्, जताततै बिकृति ल्याउछन्, मिलेर बसेको समाज बिगार्छन् भ्रष्टाचार र दुराचार मात्रै होइन देश नै बर्बाद पार्छन् ।

लुटपाट बलत्कार अपराधजन्य घटनाहरु धर्म र जातजाति भनेर लडाउछन्, आफ्नो दोष ढाकछोप गरेर सकेसम्म पानी माथिको ओवानो बन्न खोज्छन् अनि यिनीहरु नै भन्छन् कुन झोलेले यस्तो गरेछ भनेर निर्दाेष झोलाहरलाई दोषारोपण गर्छन यिनहरु आफुबाहेक सबैलाई झोले देख्छन्, जसले घटना घटायो दोषी को हो उसैको नाम लिएर भनिदिदा यिनको के नै जान्थ्यो र त्यहाँ पनि हामी झोलाहरुकै नाम लिन्छन् । यसरी सोलोडोलोमा हल्ला गरेर सबै कुकर्म लुकाउँछन् । एकले अर्कोलाई झोले र झोला भनेर अपराधीहरूलाई भगाउने पिडितहरुले न्याय नपाउने निर्दाेषहरुलाई फसाउने अनुसन्धान र कानुनलाई गुम्राराहामा पार्ने दोष झोलालाई लगाई दिने हरेक घटनामा हामीलाई जोडन के जरुरी थियो र ? हामी झोला जातीको नजर बाट हेर्दा मानिसहरु सबै झोले नै हुन कोही नयाँ कोही पुराना कोहि ब्यक्तिबादी आखिरी यिनहरु सबैले एउटा न एउटा रङ्गि बिरङ्गि झोला बोकिरहेका छन् ।

कुरा यतिमात्र हो यी आफुले बोकेको झोला देख्दैनन् अरुले बोकेको मात्र देख्छन् । त्यसैले एकले अर्कोलाई झोले भनिरहन्छन् । आफ्नो थोत्रै झोला भएपनि राम्रो र अरुका राम्रो झोलापनि यिनिहरुलाई नराम्रो लाग्छ । झोला सबैले बोकिहेकाछन् । कोहि पार्टीको कोहि संघसंस्थाको कोहि ब्यक्तिको कहि न कही यिनिहरु जोडिएकै छन् । हामीले बुझेअनुशार दलिय ब्यबस्थामा हरेक मान्छेले आफ्नोे आस्था बिश्वास राख्नपाउछन् । सबैले बिवेक प्रयोग गर्ने अधिकार छ । आफैले भनेको ठिक अरुले भनेको बेठिक भनेर एकले अर्काको उछितो काड्नु बिल्कुल गलत छ । त्यहाँ माथि हामी मानिसहरुको जतिबेलापनि काममा आउने रङ्गि बिरङ्गि झोला जातिहरुकोे नाम जोडेर सामाजिक सञ्जालमा लेख्नु हामी माथि अन्याय मात्रै नभएर यस्ता आपसी दोषारोपणले समाजको हित पनि गर्दैन । त्यो पनि आफ्नो परिचय दिएर लेख्न सक्दैन ।

छदमभेषी भएर नानाभाति लेखिरहन्छन्, जसको न आगे नाथ न पछे पगाह छ । यसले हामी झोला जातिको मात्रै बदनाम भएको छैन अनावश्यक कुराहरूले मानव समाज कुरुप र असब्य बन्दैगएको छ मुल्य मान्यता र संस्कार संस्कृती माथि प्रहार भईरहको छ । त्यसैले हामीलाई लाग्छ मान्छेहरू मिलेर काम गरुन्, समाज फोड्ने भन्दा जोडने काम गरुन् भाईचारा बढाउन कुनै धर्म, रितिरिवाज, संस्कार माथि अनादर बादबिवाद नगरुन, गुणदोषको आधारमा सत्य र तथ्य सहित बिरोध र समर्थन गरून् समाज फोडने होइन जोडने काम गरुन् जहाँ समाज सुन्दर र राम्रो होस । जहाँ सम्म हाम्रा कुरा छ हामी झोलाजातीलाई जोडेर त झोलेर म झोले भन्ने काम नगर यसले कसैको हित गर्दैन । सस्तो लोकप्रियता देखाउन समाजमा अतिरन्जित नगर जालले छोप्दैमा सच्चाई छोपिदैन । झोला एकतर्फी बोलिरहयो उसको आबाज बन्द भयो । म यतिकैमा झल्यास बिउझिएछु आखिर सपना रहेछ । बिपनामा भने मनमा खुल्दुली भईरहयो ।

लेखक : गोबिन्द पौडेल
कोल्हवी नगरपालिका-०१,बारा

Leave a review