वेबसाईट बनाउँन सोच्दै हुनुहुन्छ ? कल गर्नुहोस : +977-9861436955

शहरी सामुदायिक सहयोग कोषको वैठक सम्पन्न

रबिन्द्र प्रसाद साह/
शहरी सामुदायिक सहयोग कोषको आईतवार कलैयामा सम्पन्न बैठकले विभिन्न निर्णयहरू गरेकोे छ । कलैया उपमहानगरपालिकाका नगरप्रमुख एवम् शहरी सामुदायिक सहयोग कोषका अध्यक्ष राजेशराय यादवको अध्यक्षतामा लुमन्ति आवासको लागि सहयोग समूह कलैयाको सभाहलमा कोषको वैठक सम्पन्न भएको हो ।

उक्त बैठकले कलैया उपमहानगरपालिका वडा नम्बर १४ भौरामा छिटैनै अति विपन्न परिवारहरुका ३० वटा घरहरुको निर्माण कार्य शुरु गर्न गरिने, परियोजना व्यवस्थापन समिति गठन गरिने, कोषको कार्य विधि संसोधन गरिने, भौरामा आवास निर्माणको लागि कलैया उपमहानगरपालिकासंग रकम माँग गर्ने लगायतका विषयहरुमा छलफल गरी निर्णय गरिएको छ ।
बैठकमा बारा उद्योग वाणिज्य संघका नवनिर्वाचित अध्यक्ष राजकुमार कुमार साहलाई दोसल्ला ओढाएर कोषका अध्यक्ष तथा मेयर यादवले सम्मान गरेका थिए ।

सो बैठकमा कलैया उपमहानगरपालिकाका वातावरण शाखा प्रमुख मुस्ताक अंसारी, दिप शिखा महिला बचत तथा ऋण संस्था लिमिटेडकी अध्यक्ष रामरति देवि पासवान, संस्थाकै व्यवस्थापक अखिलेश राम, लुमन्ति आवासको लागि सहयोग समूह कलैयाका फिल्ड संयोजक अब्दुल कैश लुमन्ति कै लेखापाल नितु मण्डल, शहरी गरीबी निवारण मञ्चका अध्यक्ष रबिन्द्र प्रसाद साह मञ्च कै कार्यक्रम संयोजक शिवनाथ राम लगायतको सहभागिता रहेको थियो। वैठकको सञ्चालन लुमन्तिका सामुदायिक सहजकर्ता अनिल मण्डलले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया
सम्बन्धित समाचार
error: Content is protected !!