प्रधानमन्त्री कप : बाराका ५ खेलाडीसहित मधेश प्रदेशको टोली घोषणा

साझेदारी डेलि
240 पाठक संख्या

कलैया । आगामी प्रधानमन्त्री कप पुरुष एकदिवसीय क्रिकेट प्रतियोगिताका लागि मधेश प्रदेश क्रिकेट संघले आज आफ्नो टोलीको घोषणा गरेको छ।

मधेश प्रदेश क्रिकेट संघले अनुभवी खेलाडी अनिल साहको कप्तानीमा बलियो टोली घोषणा गरेको हो। टोलीको नेतृत्वसँगै अनिल साहले विकेटकिपरको जिम्मेवारी समेत सम्हाल्नेछन्।

यस पटकको टोलीमा बारा जिल्लाका मात्रै ५ जना खेलाडीहरू समावेश छन्। कप्तान अनिल साह स्वयं बाराका हुन् भने उनीसँगै बाराबाट पवन सर्राफ, मोहमद आदिल अन्सारी, अरनिको यादव र निरज यादवले टोलीमा स्थान बनाउन सफल भएका छन्।

घोषित टोलीका अन्य सदस्यहरूमा रुपेश सिंह, रन्जित कुमार, मोहमद समिर, अभिषेक तिवारी, विशाल पटेल, हिमांशु दत्त (विकेटकिपर), मयन यादव, विशाल सुस्लिङ, आशिक बैठा र प्रदिप पासवान रहेका छन्। नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गरेको प्रतियोगिता चैत ७ गतेदेखि २०८३ बैशाख ४ गतेसम्म हुनेछ ।

Leave a review