सुभाष कुमार मिश्र/
रौतहटको कटहरिया नगरपालिकाका मेयर अजय प्रकाश जयसवालले विद्यालय भवन निर्माणको लागि शिलान्यास गरेका छन्।
वडा अध्यक्ष सर्फलाल प्रसाद गुप्ताको अध्यक्षतामा शुक्रबार एक समारोहकाबिच नगरप्रमुख जयसवालले कटहरिया नगरपालिका वडा नम्बर ५ बलिरामपुर स्थित दुई कोठे सुबिधा सम्पन्न माध्यमिक विद्यालय भवन निर्माणका लागि बिधिवत शिलान्यास गरेका हुन् ।
राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत २२ लाख ५० हजार को लागतमा निर्माण हुन लागेको सो विद्यालयका प्रधानाध्यापक देबेन्द्र कुमार जयसवालले जानकारी दिएका छन ।
विद्यालयमा भवनको अभाव रहेको हुदा बिद्यार्थीहरुलाई कठिनाई हुँदै आएको अवस्था लाई मध्य नजर गरिदै सो विद्यालय भवनको शिलान्यास गरिएको नगर प्रमुख जयसवालले बताए।
असार मसान्तसम्म भित्रमा विद्यालयको भवन निर्माण सम्पन्न हुने गरि काम द्रुत गतिमा अगाडी बढाएको बताउदै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शशी कपुर कुशवाहाले विद्यालय भवन निर्माण भएपछि बिद्यार्थीहरुको पठन पाठनमा सहज हुने बिश्वास व्यक्त गरे।
शिलान्यास कार्यक्रममा वडा नम्बर ५ का वडा अध्यक्ष सर्फलाल प्रसाद गुप्ता, वडा नम्बर ४ का वडा सदस्य मेराजुल हक, जदुन्न दास, रामपुकार कुशवाहा लगायत स्थानीय नेता भद्रभलादमी,बुद्धिजीवीहरूको उपस्थिति रहेको थियो ।