सांसद साहलाई जीतपुरसिमरा-१७ का वडाबासीद्वारा ध्यानाकर्षणपत्र बुझाइयो

सन्तोष पाण्डे
320 पाठक संख्या

सिमरा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १७ का स्थानीयहरुले बारा क्षेत्र नम्बर ३ का निर्वाचित संघीस सांसद अरबिन्द साहलाई वडाको समस्या सहित गर्नुपर्ने मुख्य योजनासहितको ध्यानाकर्षाणपत्र बुझाएका छन। निर्वाचित भएपछि (आज ) बुधबार पहिलो पटक मतदाता भेटघाटका लागि वडा नम्बर १७ को रामनगरमा आएका सांसद साहलाई वडावासीकोतर्फबाट योजना सहितको १५ बुदेँ ध्यानाकर्षणपत्र बुझाएका हुन् ।

वडावासीको तर्फबाट स्थानीय युवा तथा संचारकर्मी सन्तोष पाण्डेले वाचन सहित उक्त ध्यानाकर्षणपत्र सांसद साहलाई बुझाएका हुन । सो अवसरमा ध्यानाकषर्ण पत्र बुझ्दै सांसद साहले प्राप्त योजनाहरुलाई प्रथमिकताको आधारमा सम्पन्न गर्न आफु प्रतिबद्ध रहेको बताएका छन । उनले जनताको भावना र चाहना अनुसार नै आफुले काम गर्ने बताए ।

सांसद साहलाई बुझाईको योजनाहरुमा मुख्यता सिमरा कोल्हवी सडक खण्डको जैतापुर रामनगर जोड्ने पसाह खोलामा पुल निर्माण गर्नुपर्ने, काँटखोलादेखी जैतपुरहुदै वडा नम्बर १८जोड्ना सड्क कालोपत्रे गर्नुपर्ने, रामनगरदेखी सहजनाथ मन्दिर हुदै महेन्द्र राजमार्गको ११ किलो जोड्न सडक कालोपत्रे गर्नुपर्ने, यहाँका बर्षौदेखी वस्दै आएका भुमीहिन, सुकुम्बासीहरुको २०५८ सालदेखी विभिन्न सुकुम्बासी आयोगहरुले नाप,जाँच नक्सांकन गरी अधुरो काम पुरागरी धनीपुर्जा वितरण् गर्नुपर्ने जस्ता माग प्रस्तुत गरिएको छ।

सो अवसरमा वडा नम्बर १७ का वडाअध्यक्ष भिमबहादुर लामा, पुर्व वडाअध्यक्ष नवराज बहादुर खड्का, समाजसेवी अशोक लामा, महेन्द्र प्रकाश विमली लगायतकाले बधाई तथा शुभकामना सहित वडाबासीले भोग्दै आएको समस्याहरुका वारेमा सांसद साहलाई अवगत गराउनुभएको थियो ।

भेटघाट कार्यक्रममा रास्वपाका जीतपुरसिमराका नगरसभापति सुरेश केसी,नगरसचिव अमृत वस्याल लगायतको सहभागिता रहेको रास्वपाका वडा सभापति सुलभ दर्लामीले जानकारी गराएका छन ।

Leave a review

This will close in 0 seconds