प्रहरी निरीक्षकलाई कोरोना संक्रमणसंगै बारामा कोरोना संक्रमितको संख्या ३८ पुग्यो

साझेदारी दैनिक
साझेदारी दैनिक 332 पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

बारामा प्रहरी निरीक्षक (इन्सपेक्टर) लाई कोरोना संक्रमण देखिएको छ । जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत एक प्रहरी निरीक्षकमा कोरोना संक्रमण देखिएको बारा प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रले बताए ।सोमबार एकैदिन इन्सपेक्टर सहित २४ जनालाई कोरोना संक्रमण देखिएको हो ।

संक्रमित ती प्रहरी निरीक्षकको कलैया अस्पतालमा गत जेठ ७ मा स्बाब संकलन भएको थियो । नारायणी अस्पतालमा परीक्षणमा शंकास्पद देखिएपछि थप परीक्षणका लागि टेकु अस्पताल पठाइएको थियो ।

योसंगै जिल्लामा एक प्रहरी निरीक्षक, एक प्रहरी नायब निरीक्षक, हवल्दार र जवान गरी ७ जना प्रहरी, एक जना संञ्चारकर्मी र सर्वसाधारण गरी ४० जना संक्रमित भइसकेका छन् । जसमध्ये २ जना संक्रमित नारायणी अस्पताल वीरगन्जबाट निको भएर घर फर्किसकेको प्रवक्ता प्रहरी नायब उपरीक्षक मिश्रले बताए ।

समाचार शेयर गर्नुहोस
Leave a review