तस्करीको सामान सहित रौतहटमा दुई जना पक्राउ

साझेदारी दैनिक
353 पाठक संख्या

रौतहट : ओमप्रकाश यादव/ भारतबाट अवैध रुपमा ल्याएको कपडा सहित दुई जना व्यक्ति रौतहटमा पक्राउ परेकाछन्।

भारतीय बजार बैरगनियाबाट खरिद गरी अवैध रुपमा भित्राएको कपडा सहित दुई जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

राजदेवी नगरपालिका–६ पताही बस्ने वर्ष ३५ का सञ्जीव यादव र सोही ठाउँका वर्ष २९ का वीरेन्द्र यादव पक्राउ परेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपककुमार रायले बताए।

बीआर ३० ई ७३२४ नम्बरको मोटरसाइकलमा भारतीय बजार बैरगनियाबाट अवैध रूपमा नेपालतर्फ ल्याउँदै गरेको ६८ हजार ८४० रुपैयाँ बराबरको कपडासहित आइतबार साँझ दुवै जनालाई पक्राउ गरिएको प्रवक्ता रायले जानकारी दिए ।

तिहार र छठ पर्वको मौका छोपी तस्करहरुले भारतबाट विभिन्न सामानको तस्करी गर्न सक्ने अवस्थालाई दृष्टिगत गरी रौतहट प्रहरीले भारतसंग जोडिएको नाकाहरुमा जाँचमा कडाइ गरेपछि तस्करहरुले धमाधम पक्राउ पर्न थालेको छ।

पक्राउ परेका दुवै जनालाई कपडा एवम् मोटरसाइकलसहित आवश्यक कारबाहीका लागि जिल्ला भन्सार कार्यालय गौरमा बुझाइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएकोे छ।

Leave a review

This will close in 0 seconds