कलैया : बाराको सदरमुकाम कलैयाको अधुरो साढे तीन किलोमिटर सडकमा मर्मत र पानी हाल्न कलैया उपमहानगरपालिकाले करोड रुपैया खर्च गरको छ ।
मटिअर्वा–मानमतअन्तर्गतको कलैया बजार क्षेत्रमा अधुरो रहेको सडक निर्माण अझै सकिएको छैन । यो सडकमा धुलो हटाउन कलैया उपमहानगरपालिकाले नगरवासीको दबाबमा करिब ८ वर्षदेखि सडकमा पानी छर्ने, सडकको खाल्डाखुल्डीमा माटो हाल्ने, ग्राभेलको गर्ने कम गर्दै आएको छ ।
उपमहानगरपालिकाले जसमा पनि ठूलो रकम खर्च गर्दै आईरहेको जनाएको छ । सडकमा धुलो उड्ने समस्या भएपछि ट्यांकरले दैनिक रुपमा पानी छर्किने, सरसफाइ गर्दै आएको र यसमा उपमहानगरपालिकाले बर्सेनि करिब १५ लाख भन्दा बढि खर्च गर्दै आएको छ । वातावरण तथा विवद् व्यवस्थापन शाखामार्फत उक्त सडक मर्मतमा २ वटा पानीको ट्यांकर सञ्चालन गर्दै आएको उपमहानगरपालिकाले जनाएको छ ।
शाखाका एक कर्मचारीका अनुसार यसका लागि मासिक सात सय लिटर डिजेल खर्च हुने गरेको छ । यसबाहेक कहिलेकाही ग्राभेल हाल्ने गरिएको छ । यी सबै खर्च गरेर आठ वर्षमा करिब १ करोड खर्च भइसकेको उपमहानगरले जनाएको छ । यता कम्पनीले अलपत्र रहेको सडक निर्माण कार्य जारी राखेको छ ।

