Sajhedari Daily
Latest News from Nepal

५ सय २० लिटर अबैध मदिरा नष्ट

पर्सा प्रहरीले ५ सय २० लिटर अबैध मदिरा नियन्त्रणमा लिएर नष्ट गरेको छ । प्रहरीले वीरगञ्ज महानगरपालिका वडा नम्बर १४ गण्डक चोकबाट अबैध रुपमा लिएर आउदै गरेको अवस्थामा उक्त परिमाणको अबैध मदिरा बरामद गरेको जनाएको छ ।

बरामद गरिएको मदिरालाई वडा नम्बर १३ स्थित खाली जग्गामा पोखेर नष्ट गरिएको वडा प्रहरी कार्यालय श्रीपुरले जानकारी दिएको छ ।