गरुडा नगरपालिका अतिक्रमित संरचना डोजर लगाई भत्काउँदै

साझेदारी दैनिक
305 पाठक संख्या

रौतहट : ओम प्रकाश यादव /रौतहटको गरुडा नगरपालिकाले सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका संरचना डोजर लगाएर हटाउन थालेको छ।

नगरको विभिन्न वडामा सडक सीमाभित्र अतिक्रमण गरेर बनाइएका संरचना भत्काउन नगरपालिकाले डोजर चलाउन थालेको छ।

गरुडा नगरभित्र सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका संरचना भत्काउने कार्यलाई निरन्तरता दिईएको नगर प्रमुख कन्थमनी प्रसाद जयसवालले बताएका छन्।

पालिकाका विभिन्न वडामा स्थानीयले सार्वजनिक जग्गा अतिक्रमण गरी भौतिक संरचना निर्माण गर्ने प्रवृत्ति बढेपछि नगरले अतिक्रमण हटाउने अभियान सुरु गरेको नगर प्रमुख जयसवालको भनाइ छ।

अतिक्रमित सार्वजनिक जग्गामा बनाइएका संरचना खाली गर्न बारम्बार ताकेता गर्दा पनि वेवास्था गरेका कारण बाध्य भएर आफूलाई डोजर चलाउनु परेको उनले बताए।

सडक सीमाभित्र बनाइएका पक्की,कच्ची संरचना हटाउन डोजर चलाइएको नगर प्रमुख जयसवालले जानकारी दिए।

अतिक्रमित जग्गा खोज्न नापचाँज गर्न तथा सार्वजनिक र निजी छुट्याउन नगरले विभिन्न वडामा प्राविधिक टोली समेत परिचालन गरेको नगर प्रमुख जयसवाल बताए ।

नगर प्रमुख जयसवालले आज एकाबिहानै आफैं नगर प्रहरी साथमा लिएर डोजर सहित अतिक्रमित संरचना भत्काउन सक्रिय भएर लागेका छन्।

Leave a review

This will close in 0 seconds