Sajhedari Daily
Latest News from Nepal

नारायणी अस्पतालमा १५० भाईल रेम्डिसिभर आयो,सरकारी रेटमै उपल्बध हुने

राम मण्डल/
वीरगञ्जको नारायणी अस्पतालमा गरिएको परिक्षणमा थप १४५ जनामा कोरोना सँक्रमण पुष्टि भएको छ ।
शुक्रबार राति अस्पतालको प्रयोगशालामा २८८ जनाको स्वाब परिक्षण गरिएकोमा १४५ जनामा सँक्रमण पुष्टि भएको अस्पतालका कोभिड सँयोजक डा.सरोज रोशन दासले जानकारी दिए ।

सँक्रमण देखिनेमा सबै भन्दा बढी पर्सा जिल्लाका १०४ जना रहेका छन ।यस्तै बाराका २७,रौतहटका ८ र महोतरीका एक जना रहेका छन । यसैबीच वीरगञ्जको नारायणी अस्पतालमा १५० भाईल रेम्डिसिभर आई पुगेको छ । कोरोना सँक्रमितहरुको उपचारमा प्रयोग हुने रेम्डिसिभर अस्पतालमा आई पुगेको हो ।

शनिबार बिहान १५० भाईल रेम्डिसिभिर अस्पतालमा आई पुगेको नारायणी अस्पताल बिकाश समितिका प्रबक्त सरोज सिँहले जानकारी दिए ।उनले एक बिज्ञप्ति जारी गर्दै दोस्रो लटको उक्त रेम्डिसिभिर अस्पतालको फार्मेसीमा दाखिला गरिएको बताएका छन ।साथै उपल्बध रेम्डिसिभिर सरकारी दर रेटमै आवशयकताको आधारमा चिकित्सकको सिफारिसमा सँक्रमितलाई उपल्बध गराईने सिँहले स्पष्ट पारेका छन ।

यस्तै अस्पतालमा यसअघि नै ५४ भाईल रेम्डिसिभिर रहेको भनिएपनि त्यो अहिलेसम्म नआएको अस्पताल बिकाश समितिले जारी गरेको बिज्ञप्तिमा जनाइएको छ ।अस्पतालको मेडि कन्सर्नले अस्पताललाई ५४ भाईल रेम्डिसिभिर उपल्बध गराउनुपर्ने भएपनि त्यो अझैसम्म नआए तथा यसबारे जानकारी मेडि कन्सर्नसित लिन सकिने बताइएको छ ।