बारामा ५ जनामा कोरोना पुष्टि

साझेदारी दैनिक
साझेदारी दैनिक 346 पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

सिकेन्द्र पासवान/
बारामा ५ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्न्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवतmा बिकास देवकोटाले सो जानकारी दिएका हुन ।

महागढीमाई नगरपालिका वडा नम्बर ६ का ३८, वडा नम्बर १ का २२ बर्षका, कोल्हवी नगरपालिका वडा नम्बर ६ का २३ बर्षिय पुरुस, बिश्रामपुर गाँउपालिका वडा नम्बर १ का १९ बर्षको र सुवर्ण गाँउपालिकाका २३ बर्षिय पुरुष गरि ५ जनामा कोरोना पुष्टि भएको हो ।

संक्रमित सबैलाई सबन्धीत ठाँउमा आइसोलेट गरी उपचार भईरहेको प्रहरी प्रवतmा गौतम मिश्रले जानकारी दिए ।

संक्रमित सबै जनाको स्वास्थ्य अवस्था समान्य रहेको प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद पंडितले बताए ।

समाचार शेयर गर्नुहोस
Leave a review