नागरिकता बिधेयक पास गर्नका लागि सत्ता गठबन्धन ‐ प्रदेशसभा उम्मेदवार यादव

साझेदारी दैनिक
615 पाठक संख्या
Exif_JPEG_420

संविधानसभा सदस्य एवम बारा निर्वाचन क्षेत्र नम्बर २ बाट नेपाली काँग्रेस पार्टीको तर्फबाट प्रदेश सभा ख का उम्मेदवार रामअयोध्या यादवले संविधानको रक्षा एवम नागरिकता बिधेयक पास गर्नका लागि सत्ता गठबन्धन भएको बताएका छन ।

नेपाली काँग्रेस कबहीगोठले आयोजना गरिएको चुनावी प्रचारप्रसार एवम छलफल कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी समेत रहेका यादवले संविधान कार्यन्वयनमा पटक पटक प्रहार गरि संविधानको घाटी निमोटने काम केपी ओलीको सरकार गरेको बताउदै सरकारले दुई पटक साँसदबाट पास गरि राष्ट्रपति कहाँ स्वीकृत गर्नका लागि पठाउदा समेत नेकपा एमालेको अध्यक्ष ओलीको ईसरामा फिर्ता पठाउने सम्मको काम गरेको हुदा यो संविधानमा खतरामा नै रहेको प्रष्ट पारे ।

मुलुकको हरेक परिवर्तनमा काँग्रेसको अग्रनी भुमिका रहेको बताउदै यादवले तराई मधेसको समस्या पनि काँग्रेसले नै समाधान गर्ने भन्नु हुदै रुख चिन्ह सहित गठबन्धनमा रहेको उम्म्ेदवारहरु मतदान गरि बिजयी गराउन आग्रह गरे ।

संघिय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न,बिधीको शासन कायम गर्न,सुशसनको प्रत्याभुती आम नागरिकमा दिलाउने, निष्पक्ष एवम धाधली रहित निर्वाचन गराई मुलुकमा शान्ति स्थायित्व, बिकास समृद्धि कायम गराउदै अधियानवादलाई प्रास्त गर्नका लागि पनि लोकतान्त्रि शतिmहरु मिल्नुको बिकल्प नरहेको प्रदेशसभाका उम्मेदवार यादवको तर्क रहेको थियो ।

सोही कार्यक्रमलाई सम्बोधन गर्दै सुवर्ण गाँउपालिकाका अध्यक्ष राजेश प्रसाद यादवले दुई तिहाईको सरकार जोगाउन नसक्ने ओलीलाई अव नेपाली जनताले घुडा टेकाउने बताए ।

दुई तिहाईको हाराहारीमा रहेको ओलीले सरकार बनाउने र गिराउने काममा मात्र अल्झेर मुलुकलाई बार्बदीको दिशामा ल्याउने काम गर्दे संविधान बनाउन असफल भएपछि नेपाली काँग्रेस पार्टीको तत्कालिन सभापति सुसिल कोईराहाको नेतृत्वको सरकारले मुलुकमा संविधान निर्माण गरि नपाली जनताको अधिकारको प्रत्याभुती गराउने काम गरेको जानकारी दिए ।

पालिकाका सभापति रुपनारायण यादवको अध्यक्षतामा सम्पन्न सो चुनावी सभामा नेपाली काँग्रेस निर्वाचन क्षेत्र नम्बर १ का महासमिति सदस्य रामाकान्त साह, सिकेन्द्र पासवान, नेताहरु राजेन्द्र सिह,रामएकवाल प्रसाद यादव,प्रल्हाद प्रसाद यादव,अकल प्रसाद यादव,श्यामबाबु प्रसाद यादव,असर्फीराय यादव,ओमबाबु यादव, उमाशंकर प्रसाद यादव, मोकदम अंसारी, सतेन्द्र यादव लगायतकाले आफनो बिचार ब्यतm गरेका थिए ।

Leave a review

This will close in 0 seconds