रञ्जन यादब/
जीतपुरसिमरा उपमहानगरपालिकाले बालुवा प्रशोधन तथा क्रसर उद्योगहरुलाई मापदण्ड पुरा गरेर आए मात्र ब्यवसाय दर्ता तथा नबिकरण गर्ने जनाएको छ २०७९ साल माघ ११ गतेको मन्त्रि परिषदको निर्णयले मापदण्ड बिपरित सञ्चालनमा रहेका बालुवा प्रशोधन तथा क्रसर उद्योगहरुलाई २०८० असार मसान्त सम्मको लागि यथावत रुपमा सञ्चालन गर्न दिने भनि निर्णय गरेको थियो ।
उपमहानगरपालिकाको प्रमुख प्रशासकिय अधिकृत हरिलाल पुरीले एक सुचना जारी गरी आर्थिक बर्ष २०८०/०८९ को लागि तोकिएको मापदण्ड पुरा गरी ब्यवसाय दर्ता तथा नबिकरण गर्न अनुरोध गर्नुभयो ।
दुरी सम्बन्धि मापदण्डहरुमा राजमार्गको राईट अफ वे बाट ५ सय मिटरको दुरी हुनुपर्ने ,खोला वा नदी किनारबाट ५ सय मिटर दुरी हुनुपर्ने ,शिक्षण संस्था ,स्वास्थ संस्था,धार्मिक ,साँस्कृतिक ,पुरातात्विक महत्वका स्थान तथा सुरक्षा निकायबाट २ कि.मि.हुनुपर्ने ,पक्की पुलबाट ५ सय मिटरको दुरी हुनुपर्ने ,अन्तराष्ट्रिय सिमाबाट २ कि.मि. दुरी हुनुपर्ने ,बन ,निकुञ्ज तथा आरक्षबाट २ किलोमिटरको दुरी हुनुपर्ने ,घना बस्तीबाट २ सय मिटरको दुरी हुनुपर्ने ,हाईटेन्सन लाईनबाट २ सय मिटर हुनुपर्ने ,ऐतिहासिक ताल ,तलैया ,जलाशय र पोखरीबाट ५ सय मिटरको दुरी हुनुपर्ने र चुरे पहाडको फेदीबाट १५ सय मिटरको दुरी हुनुपर्ने नियम रहेको छ ।
त्यस्तै बाताबरण अध्ययन प्रतिबेदन तयार गरी संकलन ,उत्खनन गर्ने ,कच्चा पदार्थको स्थान ,क्षेत्रफल ,परिमाण ,समयावधि र स्रोतको बिवरण तथा त्यस्तो क्षेत्रको रेखाकन सहितको नाप नक्सा तयार गर्नुपर्ने र क्रसार उद्योग लगायतका बालुवा पाँगो धुने र प्रशोधन गर्ने मेसिन तथा ढुङ्गा प्रशोधन उद्योग स्थापना गर्दा साईड ड्रेन ,हिलो थिग्रने पोखरी ,फोहोर पानी प्रशोधनको ब्यवस्था र बायु प्रदुषणकोलागि समेत आवश्यक ब्यवस्थापन गर्नुपर्ने मापदण्डहरु रहेको जीतपुरसिमरा उपमहानगरपालिकाको ईन्जिनीयर संजिब रुपाखेतीले जानकारी दिनुभयो ।

