जिल्लाको सदरमुकाम समेत रहेको एक विद्यालयमा खानेपानी चरम अभाव रहेको छ ।
कलैया उपमहानगरपालिका–५ घुसुकपुरमा रहेको श्री पन्नादेवी कन्या उच्च माध्यमिक विद्यालयमा पिउने पानीको चरम अभाव भएको छ ।
कक्षा १२ सम्म पठनपाठन गराइने यस विद्यालयमा खाने पानीको समस्या हुँदा अध्ययनरत बालबालिका खानेपानीबाट वञ्चित भएका हुन् ।
विद्यालयमा खानेपानीको चरम अभाव भएपछि विद्यार्थीहरुले पिउनका लागि घरैबाट बोतलमा पानी ल्याउने गर्छन् भने केहीले नजिकका घरबाट मागेर पिउने गरेका छन् ।
विद्यालयमा पिउने शुद्धपानीको व्यवस्थापन नहुदा जसको कारण विद्यार्थीहरुले विद्यालय नजिकै रहेको सडकको छेउमा रहेको हाते कलमा पुगेर पानी पिउन बाध्य भएको कक्षा–८ मा अध्यनरत विद्यार्थी सुमन यादवले बताएका छन ।
विद्यालयमा तीन वटा हाते कल रहेको छ तर दुई वटा चल्दैन अनि एउटामा पिउनलाई शुद्ध पानी आउदैन उनेले भने ।
विद्यालयमा रहेको कलको पानी पिउने लायक नभएको र स्वास्थ्यको लागि राम्रो नभएको हुँदा विद्यार्थीहरुले पानी खान विद्यालय बाहिर जाने बाध्य भएको विद्यालयका प्रधानाध्यापक मोतिलाल यादवले बताए ।
लिखित रुपमा उपमहानगरपालिकालाई पिउने पानीको समस्या रहेको जानकारी गराउदा समेत हालसम्म पानीको व्यवस्थापन हुन्न नसकेको प्रधानाध्यापक यादवले बताए ।
विद्यालयमा करिब पाँच सय भन्दा बढि विद्यार्थी अध्ययनरत रहेका छन् भने १७ जना शिक्षक तथा कर्मचारी कार्यरतसहित कार्यालय सहयोगी रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अनिल मण्डलले बताएका हुन ।
विद्यालय व्यवस्थापन समितिको अध्यक्ष बनेको केही दिनपछि विद्यालयमा खाने पानीको समस्या रहेको हेरेपछी कलैया उपमहानगरपालिकाका नगरप्रमुख बिनोद प्रसाद साहलाई एउटा डिप बोरिङ व्यवस्थापन गर्न भनेका थिए तर व्यवस्थापन हुन्न सकेको छैन मण्डलले जानकारी दिए।
विद्यार्थीहरुले दैनिक बिद्यालय बाहिर कलमा पानी खान्न जान्छन् यदि दुर्घटना भयो भने कसले जिम्मेवारी लिने मण्डलले बताए ।
कलैया उपमहानगरपालिका का वार्ड नम्बर ५ ले ठाउँ ठाउँमा डिप बोरिङ गाडिदै छ जसमध्ये विद्यालय नजिकै गरि दिएको भए बिधालय र समुदायका ब्यक्ति र बिद्यार्थीहरुलाई शुद्धखाने पानीको समस्या समाधान हुने उने बताए ।
तर वार्ड अध्यक्षले आफ्नो आसेपासेहरुको घरको अगाडि डिप बोरिङ लगाएको छ मण्डलले गुनासो गरे । उपमहानगरपालिका तथा सरोकारवाला पक्षले ध्यान नदिँदा खानेपानीको चरम अभाव देखिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मण्डलको भनाइ छ ।
वार्ड अध्यक्ष किसुन राउत आहिरसंग सम्पर्क गरि बुझदा खाने पानीको बढी आवश्यकता देखिएको ठाउँमा डिप बोरिङ गाडेको छु । विगतको दिनमा बिधालयमा एउटा कल लगाएको थिए र त्याहा चार वटा कल देखिएकोले डिप बोरिङको आवश्यकता नरहेको बताए ।
त्याहाको समस्या बुझेर विद्यालयमा खाने पानीका लागी चापाकलको व्यवस्थापन गर्ने वार्ड अध्यक्ष यादवले बताए ।

