मध्य तराईका जिल्लाहरु अहिले अत्याधिक चिसो बढेको छ । चिसो बढेसंगै मध्यतराईका जिल्लाहरुको जनजीवन प्रभावित बनेको छ ।
केही दिनदेखी बाक्लो हुस्सु र शितलहर परेकाले आम जनताका दैनिकीमा कष्टकर भएको छ ।
अत्याधिक चिसोले खासगरी स–साना बालबालिका,वृद्धवृद्धाहरु र दैनिक ज्यालादारी गर्ने मजदुहरुलाई चिसोले बढि असर गरेको छ ।
यसैविच तराईका जिल्लाहरुमा चिसो बढेपछि बाराको विभिन्न स्थानीय तहहरुले चिसोका कारण स्थानीय तहहरुका विद्यालयहरु ३ दिनका लागि बिदा दिने निणर्य गरेका छन ।
चिसो बढ्न थालेपछि शिक्षा विकास तथा समन्वय ईकाइ समिति बाराले चिसोको अवस्था हेरेर विद्यालयहरुको पठनपाठन बन्द गर्न गराउन निर्णय गरेको थियो ।
शिक्षा विकास तथा समन्वय ईकाइ समितिको निणर्यसंगै कलैया उपमहानगरपालिकाले ३ दिन जाडो विदा दिने निणर्य गरेको छ ।
कलैया उपमहानगर भित्र सञ्चालित संस्थागत तथा सामुदायिक विद्यालयहरुमा पुस २४ देखि २६ गतेसम्म ३ दिन जाडो बिदा गरिएको शिक्षा शाखाका प्रमुख उपसचिव प्रहलाद प्रसाद वर्णवालले बताएका छन ।
अत्यधिक जाडो भएको हुनाले बालबालिकाको स्वास्थ्यमा प्रतिकूल असर पर्ने भएकाले वर्षे बिदाबाट कट्टा हुने गरी जाडो बिदा गरिएको शिक्षा शाखाका प्रमुख उपसचिव वर्णवालले जानकारी दिए ।
यसैगरी जीतपुरसिमरा उपमहानगरले पनि सोमवार सूचना जारी गर्दै उपमहानगरका सवै सामुदायिक र संस्थागत विद्यालयहरुलाई पुस २४ देखि २६ गते सम्म विदा दिने निणर्य गरेको छ ।
यसैगरी जिल्लाकै अन्य महागढीमाई नगरपालिका र फेटा गाउँपालिकाले पनि एक विज्ञप्ति जारी गर्दै पुस २४ देखि २६ गते सम्म गरि ३ दिन विद्यालयहरुमा पठनपाठन बन्द गर्ने निर्णय गरेको छ ।


