पुर्वमन्त्री एवम् कांग्रेस सहमहामन्त्री चौधरीलाई मातृ शोक

साझेदारी दैनिक
288 पाठक संख्या

नेपाली कांग्रेसका सहमहामन्त्री एवम् पुर्व मन्त्री उमाकान्त चौधरीको आमा मदेशिया थरुनीको ७७ वर्षको उमेरमा सोमवार विहान दुई बजे निधन भएको छ ।

बाराको कोल्हबी नगरापालिका वडा नम्बर ११ स्थित निवासमा मदेशिया थरुरीको निधन भएको हो ।

नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा सक्रिय भूमिका निर्वाह गर्नु भएकी थिइन । निधनबाट नेपाली कांग्रेस जिल्ला कार्यसमिति बाराले एक अग्रज व्यक्तित्वलाई गुमाएको शोक वक्तव्यमा जारी गरिएको छ ।

निधनप्रति नेपाली कांग्रेस जिल्ला कार्यसमिति, बारा गहिरो दुःख व्यक्त गरेको छ । उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै आत्माको चिर शान्तिको कामनाको गरिएको छ । शोक परिवार जनप्रति आत्माको चिरशान्तिको कामना गर्दै नेपाली कांग्रेस बाराका सभापति राजेश राय यादवद्वारा जारी विज्ञप्तिमा व्यक्त गरिएको छ ।

Leave a review

This will close in 0 seconds