जागिर नपाएर बेरोजगार भएपछि पछिल्लो समय देशभरिकै युवाहरु बिदेशतिर जाने क्रम बढेको छ ।
पर्सा जिल्लामा पनि युवाहरु बिदेश जाने क्रम बढेको हो । बेरोजगारी समस्या बढदै जानु तथा देशमै कुनै रोजगार गर्ने अवसर नभएपछि बिदेश जाने युवाहरुको संख्या पर्सा जिल्लामा पनि बढदै गएको हो ।
रोजगारीको लागि बिदेश जानको लागि चाहिने राहादनी अर्थात पासपोर्ट बनाउनको लागि अहिले युवाहरुको जिल्ला प्रशासन कार्यालयमा लाईन हेर्न सकिन्छ । भर्खरैका युवादेखि लिएर ३५÷४० बर्षका युवकहरु पनि देशमा रोजगारी नपाएपछि बिदेश जानको लागि राहदानी बनाउनको लागि लाईनमा बसेको जिल्ला प्रशासन कार्यालयमा सजिलै देख्न सकिन्छ ।
ती युवाहरु देशमा नै केही गर्न चाहे पनि पर्याप्त अवसर नपाउदा बिदेश जान बाध्य भएको बताउँछन । रोजगारीको लागि जति भौतारिएपनि देशमा रोजगारी नपाउनु तथा गरिरहेको रोजगारीबाट पनि राम्रो आम्दानी नभएपछि बिदेश जानको लागि राहादनी बनाउन जिल्ला प्रशासनमा युवाहरु पुग्ने गरेका छन ।
बिदेश जानको लागि राहदानी बनाउन आएका युवाहरु कतिपय आफनै देशमा रोजगारी समेत गर्दै आएको भएपनि पर्याप्त आम्दानी नभई परिवार चलाउन नसकेर पनि बिदेश जानुपर्ने बाध्यता भएको बताउँछन । आफुले पहिले देखि नै कार सम्बन्धी मिस्त्रीको काम गर्दै आएको भएपनि महिनाको २० हजार मात्रै कमाई हुने भएकाले बिदेश जानु परेको बताउछन ।
जिल्ला प्रशासन कार्यालय पर्सामा राहादनी बनाउन पुगेका वीरगञ्ज महानगरपालिका १५ मुली नयका टोला बस्ने ईस्माईल हकले बताए ।देशमा नै सिप भएको काम गरेर पनि परिवार चलाउन समस्या भईरहेको बेलामा सिप नभएकाहरुको झन बेरोजगारी समस्याले बिजोग छ । आम जनताको समस्या बुझने न सरकार छ न अन्य कोई ।केही सम्पति नभएकालाई बैंक अथवा अन्य कसैले ऋण समेत नदिने गरेको बेरोजगार युवाहरुको भनाई छ ।
पैसा नहुने मानिसहरुलाई रोजगारी समेत पाउनमा समस्या भएका कारणले बाध्य भई बिदेश नै रोज्नु परेको बताउछन पर्साको बहुदरमाई नगरपालिका ९ बिश्रामपुरका असरत अन्सारी.को भनाई छ ।जिल्ला प्रशासन कार्यालयमा राहदानी बनाउन पुगेका कतिपय युवाहरु त पढाई बिचमै छाडेर रोजगारीको लागि बिदेश जाने सोच बनाएर राहदानी बनाउन आएको बताउँछन ।
पर्सा बहुदरमाई नगरपालिका निवासी १८ बर्षिय मोहम्द याकुब अन्सारी कक्षा १२ मा अध्यनरत छन । तर उनको परिवारसित थप पढाउन पैसा नभएकाले पढाई छाडेर बिदेश नै जाने सोच बनाएका छन । राहदानी बनाएर कक्षा १२ को परिक्षा दिएर रोजगारीको लागि बिदेश गएर परिवार पाल्ने सोच बनाएको अन्सारीको भनाई छ । रोजगारीको लागि बिदेश जाने युवाहरुको सँख्या पर्सामा बढदै गएपछि जिल्ला प्रशासन कार्यालयमा राहदानी बनाउनेको सँख्या समेत बढेको छ ।
जिल्ला प्रशासन कार्यालयले उपल्बध गराएको तथ्याँक अनुसार बितेको आर्थिक बर्ष ०७९÷८० को ९ महिनामा नै ७ हजार १ सय ३४ जनाले राहदानी बनाएका छन ।जबकि आर्थिक बर्ष ०७८÷७९ को एक बर्षको अवधिमा ६ हजार एक सय ३० जनाले मात्रै राहदानी बनाएका थिए ।बिदेशमा रोजगारी अध्यन लगायतको लागि युवाहरु राहदानी बनाउन आउने गरेको पर्साका सहायुक प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेलले जानकारी दिए ।अहिले ९ महिनाको तथ्यांकले बढेको देखाएकोले थप तीन महिनाको पनि थपिने क्रम रहेकोले अझै बढने पौडेलेको भनाई छ ।


