कोल्हवीमा मंगलवार रक्तदान कार्यक्रम सम्पन्न

साझेदारी दैनिक
489 पाठक संख्या

धिरेन्द्र पनुहर/

बाराको कोल्हवी बजारमा रहेको श्री ग्लोबल बहुउद्देश्यीय सहकारी सस्था लि.चौथो बार्षिक उत्सवको अवसर पारेर मंगलवार रक्तदान कार्यक्रमको आयोजना गरिएको छ ।

रक्तदान जिवनदान मुल नाराको साथ संस्थाको प्राङ्गणमा बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको हो। रक्तदान कार्यक्रममा ५८ जना पुरुष र १२ जना महिला गरि जम्मा ७० जनाले रक्तदान गरेका थिए ।

रगतको अभावमा कसैको अकालमा मृत्यु नहोस भने उदेश्यले रक्तदान कार्यक्रमको आयोजना गरिएको सहकारीका कार्यक्रम संयोजक सस्था शान्ति बृद्धा फाउन्डेसन कोल्हबीका अध्यक्ष प्रेम नारायण चौधरीले जानकारी दिए ।

रक्तदान कार्यक्रमको प्राबिधिक सहयोगमा नेपाल रेडक्रस सोसाइटी वीरगंज पर्सा र सहयोगीमा स्थानीय तामागढी हस्पिटल प्राली कोल्हबि रहेको थियो।

उक्त कार्यक्रममा आयोजक सस्थाका पदाधिकारीहरु सेयर सदस्यहरु,बचतकर्ताहरु संयोजक सस्था शान्ति बृद्धा फाउन्डेसनका सदस्यहरु लगाएत शुभेच्छुकहरुको उपस्थित रहेको थियो।

Leave a review

This will close in 0 seconds