केही दिनदेखि लगातार परेको अबिरल बर्षाका कारण बाराको बकैया खोलामा आएको बाढीले एक दुःध बोक्ने गाडी बगाएको छ ।
निजगढ स्थित बकैया खोलामा आईतवार अपरान्ह करिब १२ बजे सिमराबाट लालगाउतर्फ दुध लिनको लागि जादै गरेको प्र.न.३–०२ च ३९० न को दुध बोक्ने पिकअप गाडी बाढीले बगाएको ईलाका प्रहरी कार्यालय निजगढले जनाएको छ । निजगढ नगरपालिका वडा नम्बर १० झोलुङ्गे पुल स्थित लालखोलामा दुध बोक्ने पिकअप गाडी करिब ८ सय मिटर पर बगाएको हो ।
खोलाले पिकअप बगाउँदा करिब चार लाख बराबरको क्षति पुगेको अनुमान गरिएको छ । ईलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरिक्षक घनश्याम श्रेष्ठको नेतृत्वमा खटेको टोलीले गाडी निकालेको जिल्ला प्रहरी कार्यालय बारा प्रहरी उपरिक्षक होबिन्द्र बोगटीले जानकारी दिएका छन ।


