महागढीमाई विद्यालय बन्द गरेर आन्दोलनमा जाने शिक्षकहरूलाई कारबाही गर्ने

साझेदारी दैनिक
354 पाठक संख्या

बारा जिल्लाको महागढीमाई नगरपालिकाले विद्यालय बन्द गरेर आन्दोलनमा जाने शिक्षकहरूलाई कारबाही गर्ने चेतावनी दिनुभएको छ ।

संसद्मा दर्ता भएको ‘शिक्षासम्बन्धी कानुन संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८०’ खारेजीको मागसहित देशभरका शिक्षक आन्दोलित छन् ।

उनीहरू बुधवार असोज ३ गतेदेखि सम्पूर्ण सामुदायिक विद्यालयमा पठनपाठन बन्द गरेर आन्दोलन गर्न काठमाडौँ पुगेका छन् ।

सोही सन्दर्भमा महागढीमाईका नगरप्रमुख उपेन्द्र प्रसाद यादवले बुधवार एउटा विज्ञप्ति जारी गर्दै विद्यालयको पठनपाठन नै ठप्प पारेर आन्दोलनमा जाने नगर क्षेत्रका सम्पूर्ण सामुदायिक विद्यालयका प्रधानाध्यापक र शिक्षकहरूलाई नियमानुसार कारबाही गर्ने चेतावनी दिएका हुन् ।

त्यस्तै बाराको कलैया उपमहानगरपालिकाका नगर प्रमुख विनोद प्रसाद साहले पनि विद्यालय बन्द गरेर आन्दोलनमा जाने शिक्षकहरूलाई कारबाही गर्ने चेतावनी दिएका छन् ।

Leave a review