अनुमति बिना संचालित शैक्षिक सँस्थामा तालाबन्दि

साझेदारी दैनिक
403 पाठक संख्या

साझेदारी संवाददाता/

अनुमति बिना संचालित तीनवटा शैक्षिक सँस्थामा बिरगंज महानगरपालिकाले तालाबन्दी गरेको छ ।

तालाबन्दी गर्नेमा न्यू पपुलर इङ्गलिस ल्याङ्वेज एण्ड कम्प्युटर इन्स्टिच्युट र तराई एजुकेसनल कन्सल्टेन्सी प्रा.लि.रहेका छन् ।

वीरगंजको वडा नं. ८ मा संचालित दुबै संस्था महानगरमा दर्ता बिना नै संचालन रहेको भेटिएपछि शिलबन्दी गरेको हो ।

महानगरद्वारा गठित नियमन समितिका संयोजक इश्वरचन्द्र यादबको नेतृत्वमा अनुगमनमा खटेको टोलीले शिलबन्दी गरेको हो ।

अनुगमनमा महानगरको शैक्षिक प्रशासन महाशाखाका आनन्द लामिछाने,नारायण छापागाईँ,महानगर प्रमुखका जनसम्पर्क सल्लाहकार नवराज फुयाँल,नगर प्रहरी प्रमुख हरि भुषाल लगायतको टोली रहेको थियो ।
 

Leave a review