पत्रकार हत्याको विरुद्ध रौतहटमा मैनवत्ती बालेर गरियो प्रदर्शन

साझेदारी दैनिक
309 पाठक संख्या

रौतहट :करणकुमार मिश्र /काठमाडौंस्थित तीनकुनेमा राजावादी आन्दोलनकारीले आगो लगाएर पत्रकार हत्या र सञ्चारमाध्यममाथि आक्रमण गरेको विरोधमा रौतहटमा प्रदर्शन भएको छ।

रजकको आत्माको चिर शान्तिको लागि मैनवत्ती बालेर श्रद्धाञ्जली अर्पण गरेका छन्। रौतहटका सञ्चारकर्मीहरुले आयोजना गरेको दीप प्रज्वलन तथा विरोध कार्यक्रम जिल्लाको गरुडा नगरपालिकाको मेथुर चोकमा भएको हो।

विरोध सभा आयोजना गरेर समाचार सङ्कलनकै क्रममा पत्रकार सुरेश रजकको हत्या भएको र आमसञ्चार माध्यममा आक्रमण गरिएको विरुद्ध विरोध प्रदर्शन गरेको हो।

“पत्रकार सुरेश रजकको हत्यारालाई कार्यवाही गर,प्रेस स्वतन्त्रता कायम गर,आन्दोलनको नाममा पत्रकार मार्न पाइदैन,मिडिया हाउसमा तोडफोड गर्न पाइदैन जस्ता नारा लगाउदै गरुडाको मेथुर चोकमा पत्रकारहरुले आइतबार शान्तिपूर्ण विरोध प्रदर्शन गरेको हो।

राजावादीको आन्दोलनमा पत्रकार रजकको हत्या र सञ्चारगृहमा तोडफोड गर्नेलाई कडा कारबाहीको माग गरेको छ ।

रौतहटका पत्रकारहरुले भिडियो खिचिरहेको घरमा पूर्वराजाका सर्मथकहरूले थुनेर आगो लगाएको घटनाको निन्दा गर्दै छानबिन र दोषीउपर कारवाहीको माग गरेका हुन्। स्वर्गीय पत्रकार रजकलाई श्रद्धाञ्जली अर्पण गर्दै परिवारप्रति गहिरो समवेदना प्रकट गरिएको छ ।

Leave a review

This will close in 0 seconds